सरकारले निशुल्क भनेको डायलासिसको औषधी छैन् वीपीमा "महंगो मुल्यमा किन्न बाध्य छन्, बिरामी"

  • भदौ १३, २०७७
  • " दिनेश गजमेर "
alt

धरान । राज्यले किड्नी समस्या भएका बिरामीलाई निशुल्क औषधी सहितको डाइलासिस सेवा प्रदान गरेको छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस सेवा लिन आएका बिरामीले बाहिरबाट महंगो मुल्य तिरेर औषधी खरिद गर्नु पर्ने अवश्था रहेको छ ।

लामो समय देखिको लकडाउनका कारण रोजिरोटी नै गुमेको अवश्थामा नियमित डाइलासिस गराउदै आएका बिरामीका परिवारलाई औषधी खरिद गर्नु पर्ने बाध्यताले दैनिक जसो समस्यामा पर्दै आएका छन् ।

सरकारले डाइलासिसका लागि आवश्यक पर्ने औषधी सामग्री निशुल्क उपलब्ध गराउने जनाए पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गराउन आएका बिरामीले आफै औषधी खरिद गरेर सेवा लिन बाध्य रहेका छन् ।

७ वर्ष अघि देखि हप्ताको दुई पटक डाइलासिस गराउँदै आएका झापाको कन्काई नगरपालिका ४ का मान बहादुर बजगाईले भने, ‘प्रतिष्ठानले निशुल्कको पत्र चै समाई हाल्छ, तर डाइलोसिसको सामान किनाउने, सामान नदिने प्रविधि चै पहिले देखिनै रहेको छ, अहिले लकडाउनको बहाना देखाउँदै सामान नै छैन् भन्छन्, बस्न खान ल्याएको पैसा औषधीमा खर्च गर्नु परिरहेको छ ।’ लकडाउनको समयमा एक जना बिरामीले करिब २० देखि २२ हजार रुपैया सम्म खर्च गरिसकेको उनको भनाई छ ।

प्रतिष्ठानबाट मृगौला खराब भएका बिरामीलाई दिइने सेवा प्रभावकारी नभएको उनको गुनासो छ ।

उनले भने, ‘पालो पाउनै मुस्कील छ, इमरजेन्सीबाट आउनुपर्छ ।’ सरकारले दिर्घरोगीहरुको निशुल्क पिसिआर परिक्षण गराउनु भने पनि अहिले सम्म कसैको पनि परिक्षण नगरिएको उनको भनाई छ । लकडाउनका कारण प्रतिष्ठानमै बसेर डाइलासिस गराउन बाध्य बनेका बिरामीहरुमा थप औषधी किन्नु पर्ने बाध्यताले थप समस्यामा परेको उनले बताए ।

एका तिर लकडाउनका कारण आर्थिक अवश्था कमजोर हुँदै गएका छन् भने अर्को तिर सरकारले उपलब्ध गराएको औषधी पनि पाउन सकेका छैनन् । प्रतिष्ठानमा दैनिक जसो २५ जनाले डाइलासिस गराउँदै आएका छन् ।

हप्तामा दुई पटक सम्म डाइलासिस गराउनु पर्ने हुन्छ । धरान बाहिरबाट आउने बिरामीहरु प्रतिष्ठान परिषरमै बस्नु पर्ने बाध्यता छ । उनीहरुले खान र बस्नका लागि ल्याएको खर्च पनि औषधीमै खर्चिनु परेको छ ।

डाइलासिस गराइरहेका बिरामीहरुको स्वास्थ्य समस्या माथि प्रतिष्ठानले खेलवाड गरेको मोरङ केराबारीका विशाल तामाङ बताउँछन् । उनका आफन्तलाई हप्तामा दुई पटक डाइलासिस गराउनु पर्ने भए पछि उनीहरु लकडाउन शुरु भए देखिनै प्रतिष्ठानमै बस्दै आएका छन् । उनले भने, इमरजेन्सीबाट डाइलासिस गराउन ल्याउन पर्छ, भनेको समयमा औषधी पाइन्दैन्, निजी फार्मेसीबाट महंगो शुल्क तिरेर ल्याउनु पर्ने बाध्यता रहेको छ ।’

कोरोनाको महामारीले आम नागरिकहरु प्रताडित भइरहेको अवश्थामा राज्यको सुविधा पनि उपभोग गर्न नपाउँदा बिरामीहरु झनै समस्यामा पर्दै गएका छन् । निशुल्क स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई कार्यान्यवन गर्न सम्बन्धित निकायहरुको ध्यान पुग्न जरुरी रहेको छ ।

यता प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले पछिल्लो समयको अवश्थामा बारे कुनै जानकारी नभएको बताए ।

उनले दुई महिना अघि लकडाउनका कारण केही टेण्डर आव्हान गरेको खरिद प्रक्रियामा समस्या देखिए पनि समाधान भइसकेको अवश्था रहेको जानकारी दिदै पछिल्लो समय लकडाउनकै कारण पनि केही समस्या आउन सक्ने भएको बताए । वर्तमान औषधीको अभावको विषयमा भने कुनै जानकारी नभएको उनको भनाई छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved