धरान । प्रतिबन्धीत औषधी संचय र दुरुपयोग गरेको आरोपमा धरान वडा नम्बर १५ का राजकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
गणतन्त्र बस्तीका चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको अवश्थामा स्पास्मो प्रोक्सीन प्लस लेखिएको ३ हजार क्याप्सुल फेला पारेको थियो । उनलाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।