झापा । गोरु काटेको बिषयमा भएको झडपमा सशस्त्र प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ ।
झापा गाँउपालिका ३ कामाटोलीमा भएको झडपमा स्थानिय रमिकुल आलमको मृत्यु भएको हो । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले गोलि चलाएको बताएको छ ।
गोरु काटेको खबर पाएपछि गएको प्रहरीको टोलीले थप मद्दत मागेपछि सशस्त्र प्रहरीको टोलि पुगेको थियो ।
झडपमा गोली लागि गम्भीर घाइते भएका आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको थियो ।
स्थानीयले काटेको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीय आक्रोशित भई आक्रमण गरेको प्रहरीले बताएको छ ।