लागुऔषध सहित ४ जना पक्राउ

  • भदौ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
हरिनगर गाउँपालिकाको वडा नम्बर ५ स्थित घुस्की बसन्तपुर सडकखण्डमा चेकजाँचको क्रममा एउटा मोटरसाइकल सहित अवैध लागुऔषध डायलेक्स २० बोतल र एमआइ लेखिएको २ थान मोबाईल बरामद गरेको छ ।

प्रहरीको अनुसार घुस्की बसन्तपुरबाट खटिएको प्रहरीको टोलिले हरिनगर ५ बस्ने वर्ष २१ का मकरम अन्सारीले चलाएको ना १८ प ४०४८ नम्बरको मोटरसाइकलमा सवार हरिनगर ६ बस्ने साहुदिन जट र भारतको अररिया जिल्ला ग्राम पंचायत पथराहा २ बस्ने मो. अंजुरलाई पक्राउ गरेको छ ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा सर्ट भित्र लुकाई छिपाई राखेको अवश्थामा लागुऔषध पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको जनाएको छ ।

त्यस्तै देवानगंज गाउँपालिकाको वडा नम्बर २ बाट पनि डायलेक्स ९९ बोतल बरामद गरेको छ । विशेष सुचनाको आधारमा गएको प्रहरीको टोलिले देवानगंज बस्ने वर्ष २२ का शिवशंकर यादवले बोको झोला भित्र राखेर ल्याउँदै गरेको अवश्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई पनि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जनाएको छ ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved