धरान । सुनसरीको छुट्टा छुट्टै स्थानबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको हरियो मटर र लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
सोमबार सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर ६ मा अवैधानिक रुपमा भिजिटिएस अनलाईन बिल नभई भारतीय बजारबाट ल्याउँदै गरेको हरियो मटर बरामद गरेको छ । देवानगंज ३ का नरेश मेहताले चलाएको को १ च ५५९९ नम्बरको पिकअप गाडी सहित ११ सय केजी हरियो मटर प्रहरीले बरामद गरेको हो ।
५ लाख मुल्य बराबरको पिकअप गाडि र १ लाख १० हजार मुल्य बराबरको हरियो मटर बरामद गरेको जनाएको छ । बरामद सामानहरु सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।