वीपीका स्टाफ नर्सहरुले दिए दुई दिनको अल्टिमेटम

  • भदौ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणको पहिलो जोखिममा काम गरिरहेका स्टाफ नर्सहरुको सुरक्षा व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् ।
प्रतिष्ठानमा उपचार गराई रहेका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भइसक्दा पनि प्रत्यक्ष जोखिममा रहेका स्टाफ नर्सको सुरक्षामा बेवास्ता गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आफ्ना मागहरु सहित प्रतिष्ठानका कार्यरत सम्पुर्ण नर्सहरुले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिष्ठानका चारै जना प्रमुख पदाधिकारीहरु सहित मेट्रोनको समेत ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । दुई दिन भित्र माग पुरा नभए डिउटीमा सहभागि नहुने समेत चेतावनी दिएका छन् । नर्सहरुको आन्दोलनमा हेल्पर र हेल्थ एडहरुले पनि समर्थन जनाएका छन् ।

संक्रमित विरामीसँग सम्पर्कमा रहेका नर्सहरुलाई क्वारेन्टाइन व्यवस्था गर्न, परिवारका सदस्यहरुको पनि पिसिआर परिक्षण गर्न पनि माग गरेका छन् । ज्यान जोखिममा पारेर काम गरिरहे पनि अहिलेसम्म जोखिम भत्ता पनि नदिइएको उनीहरुले गुनासो गर्दै सरकारले वृद्धि गरेको २० प्रतिशत तबल पनि दिइनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेका छन् डिउटीमा पुर्ण पिपिई दिएर मात्र खटाउनुपर्ने, कोरोना विमाको व्यवस्था गर्नुपर्ने, कोरोना शंकास्पद विरामीहरुको पिसिआर रिपोर्ट चाडो ल्याउने व्यवस्था गर्नुपर्ने लगायत मागहरु अघि सारेका छन् ।

बुधबारसम्म माग पुरा नगरे कालोपट्टी बाँधेर काम गर्ने नर्सहरुले बताएका छन् । त्यसपछि ११ गतेसम्म पनि मागहरु पुरा नभए सम्पुर्ण स्टाफ नर्स, हेल्पर र हेल्थ एडहरु डिउटीमा सहभागी नहुने पनि चेतावनी दिएका छन् ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved