इटहरीमा कोरोना संक्रमित थपिदै, मंगलबार ७ जना थपिए सँगै ८७ पुगे

  • भदौ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt


इटहरी । जताततै कोरोनाको सन्त्रास बढिरहेका बेला इटहरीमा मंगलबार बिहान थप सात जनामा संक्रमण पुष्टी भएको छ ।
इटहरी उपमहानगर वडा नं. ६ का दुई महिला, एक पुरुष, वडा नं. ४ का एक पुरुष, वडा नं. २० की एक महिला र जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा रहेका इटहरीका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए ।
यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ८७ पुगेको छ भने निको भएर घर फर्किएकाहरूको संख्या २६ पुगेको छ ।
पछिल्लो एक महिना यता कोरोना भाइरसको संक्रमणबाट इटहरी २० तरहरा पनि उच्च जोखिममा परेको देखिएको छ । मंगलबार बिहान एक महिलालाइ संक्रमण पुष्टी भए संगै तरहरामा हाल सम्म संक्रमण हुनेहरूको संख्या १० पुगेको छ ।
इटहरी पछि तरहरा पनि कोरोनाको उच्च जोखिममा परिसकेको पुष्टी भएको छ । दैनिक संक्रमितहरूको संख्या थपिनुले इटहरी र इटहरीकै वार्ड नं २० कोरोनाको उच्च जोखिममा परिसकेको छ ।

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

धरानका युवक चढेको मो ...

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, ...

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved