इटहरीमा कोरोना संक्रमित थपिदै, मंगलबार ७ जना थपिए सँगै ८७ पुगे

  • भदौ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt


इटहरी । जताततै कोरोनाको सन्त्रास बढिरहेका बेला इटहरीमा मंगलबार बिहान थप सात जनामा संक्रमण पुष्टी भएको छ ।
इटहरी उपमहानगर वडा नं. ६ का दुई महिला, एक पुरुष, वडा नं. ४ का एक पुरुष, वडा नं. २० की एक महिला र जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा रहेका इटहरीका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए ।
यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ८७ पुगेको छ भने निको भएर घर फर्किएकाहरूको संख्या २६ पुगेको छ ।
पछिल्लो एक महिना यता कोरोना भाइरसको संक्रमणबाट इटहरी २० तरहरा पनि उच्च जोखिममा परेको देखिएको छ । मंगलबार बिहान एक महिलालाइ संक्रमण पुष्टी भए संगै तरहरामा हाल सम्म संक्रमण हुनेहरूको संख्या १० पुगेको छ ।
इटहरी पछि तरहरा पनि कोरोनाको उच्च जोखिममा परिसकेको पुष्टी भएको छ । दैनिक संक्रमितहरूको संख्या थपिनुले इटहरी र इटहरीकै वार्ड नं २० कोरोनाको उच्च जोखिममा परिसकेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved