प्रहरीको मोस्ट वान्डेट ‘बग्गा’ विराटनगरमा पक्राउ

  • भदौ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रहरीको अत्याधिक खोजी (मोस्ड वान्टेड) सूचीमा अपराधी बग्गा अन्ततः प्रहरीको फन्दामा परेका छन् ।

नेपाल प्रहरीले निकै लामो समयदेखि बग्गालाई खोजी गरिरहेको थियो । भारतमा बसेर नेपालमा हातहतियारको कारोबार गर्थे । लागूऔषधको समेत सञ्जाल फैलाएका थिए । हातहतियार खरखजाना र लागुआौषधधको मुद्दाका फरार प्रतिवादीलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बग्गा अर्थात प्रदिप यादवले भारतमा बसी नेपालको १ नं प्रदेश तथा २ नं प्रदेशका विभिन्न जिल्लामा अबैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले भने,“आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके उनै थिए । भारतको बिहार राज्य अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत वडा नं १० टिकुलिया टोलका बासिन्दा हुन ।

वारिपारि गर्दै अपराधिक गिरोह चलाउँथे ।” वर्ष ३९ को बग्गालाई प्रहरीको टोलीले शनिबार विराटनगर महानगरपालिका वडा नं १६ स्थित नेपाल–भारत सीमाको दरैयाबाट पक्राउ गरेको राईले बताए । उनको साथबाट डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की लागूऔषध समेत बरामद भएको छ ।

बग्गाको अपराध श्रृंखला

बग्गा २०७५ मंसिर ०३ गते अपरान्ह ५ उदयपुर उदयपुरगढी गाँउपालिका वडा नं १९ को मन्दिप तामाङलाई अमेरिकामा बनेको अटोमेटिक पेस्तोल र सोको केएफ ७ लेखिएको गोली थान ४,सुनसरी दुहवी नगरपालिका वडा नम्बर ५ हाल ईटहरी उ.म.न.पा. वडा नं १२ खनार बस्ने वर्ष ३५ को सुशील कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपाल तर्फ पठाएकोका थिए ।

मन्दिप तामाङ र सुशील कुमार साहुलाई विराटनगर १६ स्थित हुलास मेटल चौकबाट पक्राउ परेका थिए । हातहतियार तथा खरखजना सम्बन्धीको सो मुद्दामा हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाईके बग्गा भन्ने प्रदिप यादव रहेको खुलेको थियो ।

यसैगरी २०७५ मंसिर ८ गते बग्गाले नै विराटनगर १६ बस्ने वर्ष २२ को बिध्यानन्द मण्डल र सोही ठाउँको वर्ष २० को अनुप गिरीलाई ३८० एम्पुल लागूऔषध , १०५ ग्राम ११० मिलीग्राम ब्राउन सुगर लागू औषध शरीरमा टेपले बाधी, कटुवा पेस्तोल र ओके९२७जेड लेखिएको गोली दुई राउन्ड सुनसरी धरान घर भई जिल्ला ललितपुर उपमहानगर ४ एकान्तकुनामा डेरा गरी बस्ने वर्ष ४१ को रुपम राईलाई विराटनगरस्थित बसपार्कमा दिन भनी पठाएका थिए । त्यो घटनामा संलग्न तीन जनालाई प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ गरेको थियो ।

त्यो घटनाका नाईकेसमेत प्रदिप यादव बग्गा नै रहेको खुल्न आएपछि प्रहरीले उनलाई अधिक खोजीको सूचीमा राखेर निगारनी गरिरहेको थियो । उनी विराटनगर सीमा कटेर नेपालफर्त आई कारोबार गर्दैछन् भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले पक्राउ गरेको बताइएको छ ।

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved