प्रहरीमा कोरोना संक्रमण देखिए पछि शान्ति सुरक्षा नै प्रभावित

  • भदौ ७, २०७७
  • " तेज बहादुर बन"
alt

इटहरी । समुदाय स्तरमा फैलिएको कोरोनाले इटहरीमा पकड जमाउदै गएपछि प्रहरीको शान्ति सुरक्षाको व्यवस्थापन पनि प्रभावित बनेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा शनिबार ५ जना प्रहरीमा कोरोना पुष्टि भए सँगै हाल सम्म १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कुल ७४ जना प्रहरीको दरबन्दी रहेको इटहरीमा १० जनालाइ कोरोना पुष्टी भएसंगै घटेर ६४ मा पुगेको छ । यो क्रम अझै बढन सक्ने अनुमान लगाइएको छ । दैनिक प्रहरी कार्यालयभित्र रहेका प्रहरीहरूमा कोरोना पुष्टी हुन थालेपछि प्रहरीले दिने सुरक्षा सेवा प्रभावित बनेको छ ।

प्रहरीको संख्या घटनुले सुरक्षामा चुनौति पनि थपिदै गएको छ । कुल एक लाख ४६ हजार बढी जनसंख्या रहेको इटहरी उपमहानगरमा ७४ जना प्रहरीले सुरक्षा प्रदान गर्दै आएकोमा अब संख्या घटदै गएपछि चुनौति थपिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले बताए ।

कोरोना पुष्टी भएका १० प्रहरी मध्ये ८ जनाको मोरङको गोठगाउस्थित पूर्वाञ्चल बिश्व बिद्यालय अन्तरगत आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने २ जना होम आइसोलेसनमा रहेका छन । कोरोना पुष्टी भएकाहरू सबै प्रहरी जवान रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । १० जना प्रहरीको संख्या घटेसंगै अहिले सिआरभिमा पनि कम संख्या राखेर डयुटीमा खटाउनु पर्ने अवस्था आएको प्रहरी कार्यालयले जनाएको छ । श्रेष्ठले भने, ‘सुरक्षा जस्तो संवेदनसिल क्षेत्र प्रभावित त छ नै नियमित ड्युटी पनि अहिले प्रभावित भइरहेको छ ।’
अहिले सम्म इलाका प्रहरी कार्यालयको ४ जना थुनुवाहरूलाइ पनि कोरोना पुष्टी भइसकेको छ । प्रहरी कार्यालय भित्र कोरोना देखिएपछि जोखिम झन बढेको तर अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने बाध्यता पनि रहेकोले जोखिमलाइ चुनौति सम्झेर सामना गर्नुपर्ने अवस्था रहेको प्रहरी निरिक्षक श्रेष्ठ बताउँछन ।

इटहरीमा हाल सम्म ७८ जनामा संक्रमण पुष्टी भइसकेको छ । इटहरी अस्पतालको प्रयोगशालामा कार्यरत एकजना कर्मचारी र एक जना बिरामी सहित शनिबार एकै दिन १४ जनामा कोरोना पोजेटिभ देखिएपछि संक्रमितको संख्या ७८ पुगेको हो ।

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved