सुनसरीमा पुनः सात दिन निषेधित क्षेत्र घोषणा

  • साउन ३२, २०७७
  • " तेजबहादुर बन "
alt

इटहरी । सुनसरीलाइ पुनः एकसाता निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार जिल्ला प्रसाशनको कार्यालय सुनसरीमा बसेको बैठकले तेश्रो पटक म्याद थप गर्दै जिल्लालाइ पुनः ७ दिन निषेधित क्षेत्र घोषणा गरेको हो ।
अघिल्लो पटक थपिएको समय आज आइतबार राती १२ बजे सकिए पनि पुनः त्यसैलाइ निरन्तरता दिदै जिल्लालाइ थप ७ दिन बन्दाबन्दि गर्ने निर्णय गरेको छ । सुनसरीको स्थानीय तहहरूमा कोरोना संक्रमितहरूको संख्या बढदै गएकोले जिल्लालाइ थप ७ दिन निषेधित क्षेत्र तथा बन्दाबन्दी गर्ने निर्णय भएको जिल्ला प्रसाशनको कार्यालय सुनसरीले जनाएको छ । यो पटक भने अघिल्लो साता भन्दा कडाइका साथ नियमहरूको पालना गराउन स्थानीयतहहरुलाई प्रसाशनले अनुरोध समेत गरेको छ ।

जिल्लामा अति आवश्यक औषधि पसलहरू बाहेक सबै प्रकारका व्यापार व्यवसायहरू बन्द गर्न प्रसाशनले अनुरोध गरेको छ । त्यस्तै अति आवश्यकका ढुवानीका गाडी, प्रेस, एम्बुलेन्स, सरकारी गाडी, कुटनितिज्ञ लगायतका सवारीसाधनहरू बाहेक अन्यलाइ राजमार्गमा निस्कन प्रतिबन्ध लगाइएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved