इटहरी । काेराेना भाइरसकाे संक्रमण को जोखिम न्युनिकरणका लागि लागू गरिएको लकडाउनले इटहरीका फलफुल ब्यवसायीहरू मार्कामा परेका छन । पहिलाे चरणकाे लकडाउन समाप्ति संगै अलि अली उठेकाे ब्यापार व्यवसाय दाेश्राे चरणकाे लकडाउनले थला परेकाे इटहरीका फलफुल व्यवसायिहरूले गुनासाे गरेका छन् । पहिलाे चरण अन्तरगत नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि गत ७७ साउन ६ गते सम्म लकडाउन गरेकाे थियो । साउन ६ गते लकडाउन अन्त्य घाेषणा गरेसंगै फलफुल व्यवसाय केहि माथी उठेपनि स्थानीय सरकारले गरेकाे दाेश्राे चरणकाे लकडाउनबाट पुरानै अवस्थामा फर्किएकाे फलफुल व्यवसाय इटहरीका बिनाेद कुमारले बताए । इटहरीकाे मनिष फ्रुट सेन्टरका सञ्चालक मनिस कुमार भने,`अब लकडाउन हुदैन भनेर फलफुल मगाएकाे तर अहिले यि सबै कुहेर फाल्नु परेकाे छ ।´
उनले स्टकमा राखेकाे करीब ३ हजार अनारस , आप , भुइकटहर फाल्नुपरेकाे बताए । पुर्वी पहाडी भेग तथा तराइका जिल्लाहरूमा फलफुलकाे माग बढदाे छ । माग अनुसारकै फलफुल मगाएर स्टकमा राखिएकाे थियाे तर इटहरीमा पुनः दाेश्राे चरणकाे लकडाउन भएपछि ढुवानी हुन नपाउदा सबै कुहेर फालिएकाे मनिस बताउछन । लकडाउनले ढुवानी हुन नपाएपछि र बजार नपाएपछि गाेदाममा राखेकाे फलफुल अहिले कुहेर गएकाे मनिष बताउछन । उनले भने,`अब यस्काे क्षतिपुर्ति कस्ले तिर्ने ? बैंकबाट चर्काे ब्याजमा रिण लिएर फलफुल व्यवसाय गरेकाे पहिलाे चरणमै यसरी निरास भाेग्नु परेको छ ।´ उनकाे जस्तै गुनासाे अन्य फलफुल व्यवसायिहरुकाे पनि छ । सफारीमा साग सब्जी र फलफुल डुलाउन पाइने भनिएपनि प्रहरीले समातेर राखिदिने गरेकाे व्यवसायिहरूकाे गुनासाे छ । काेराेना भाइरसले इटहरी मात्र हइन बिश्व आक्रान्त छ तर लकडाउन मात्रै यसकाे बिकल्प हाेइन अन्य सावधानीकाे बाटाे अपनाएर व्यवसायीहरूलाइ गरिखाने बाटाे खुल्ला गरिनुपर्ने फलफुल ब्यवसायीहरूकाे माग छ ।