धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेखि फरार रहेका धरानका दुई अभियुक्त पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये दुबै जना एकै घरका दाजुभाइ हुन्।
जिल्ला अदालत सुनसरीको मिति २०८१ माघ ९ गतेको फैसलाले जबरजस्ती करणी (हाडनाता) मुद्दामा दोषी ठहर गर्दै धरान उपमहानगरपालिका–६ का ४० वर्षीय अर्जुन कुमार राई र उनका भाइ ३० वर्षीय भक्त बहादुर राईलाई १० वर्ष ७ महिना २ दिन कैद सजाय र रु. ४०,००० जरिवाना तोकेको थियो।
तर फैसला कार्यान्वयन हुनु अघि नै उनीहरु फरार भएका थिए। अदालतको फैसला क्रमशः मुद्दा नं. ०७९-C१-०१४८ र ०७९-C१-०१४९ मा भएको हो।
उनीहरुलाई धरानमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८२ असार १४ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउपश्चात् दुबै जनालाई अदालतको आदेश बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला अदालत सुनसरी पठाइएको प्रहरीले जनाएको छ।