बुढीगंगामा स्मृति बोर्डिङ स्कुलद्वारा धान दिवस विशेष कार्यक्रमसहित मनाइयो

  • असार १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -सुमन सुस्केरा

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम्परा पछिल्लो समय झनै व्यापक बन्दै गएको छ।

सरकारी मात्र होइन, निजी क्षेत्रका शैक्षिक संस्था समेतले यस दिनलाई उत्सवको रूपमा लिन थालेका छन्। सोही अवसरमा मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित स्मृति इङ्लिस बोर्डिङ स्कुलले पनि धान दिवस भव्य रुपमा मनाएको छ।

स्कुलले आइतबार विशेष कार्यक्रम गरी २२ औँ धान दिवस मनायो। पञ्चेबाजाको मधुर धुनमा सुरु भएको कार्यक्रम बेठी बोकेर आएका रोपाहारहरूको टोलीले खेततर्फ अगुवाइ गरे। त्यसपछि विद्यार्थी, शिक्षक र अभिभावकहरू पानी ट्याङ्की नजिकको खेतमा रोपाइँमा सहभागी भए।

कार्यक्रममा असारे भाका गुञ्जिँदै गर्दा कोही गोरु जोत्दै, कोही बाउसे गर्दै थिए भने विद्यार्थीहरू हिलोमा रमाइरहेका थिए। हिलो छ्यापाछ्यापमा रमाएका बालबालिकालाई शिक्षक तथा अभिभावकहरूले असारे गीतको रौनकले थप उत्साहित बनाएका थिए।

विद्यालयले कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई दही, चिउरा, आँप र केराको खाजाको व्यवस्था पनि गरेको थियो। विद्यालयका प्रधानाध्यापक रिता न्यौपानेले कृषिमा हराउँदै गएको मौलिकताको जगेर्ना गर्न विद्यार्थीलाई प्रत्यक्ष खेतमा लगिएको बताइन्।

“हामी कृषि प्रधान देशका नागरिक हौँ तर कृषिको मौलिकता हराउँदै गइरहेको छ,” प्रधानाध्यापक न्यौपानेले भनिन्, “बालबालिकामा यस्ता मौलिक पर्वको अनुभूति दिलाउन हामीले यो प्रयास गरेका हौँ।”

कार्यक्रममा विद्यार्थीहरूले नेपाली परम्परागत पहिरनमा सजिएर धान रोपाइँमा सहभागी भएका थिए। स्मृति बोर्डिङ स्कुलले हरेक पर्व तथा दिवसमा बालबालिकालाई सहभागी गराउँदै संस्कार र मौलिकतालाई प्राथमिकता दिँदै आएको छ।

sss

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved