सुनसरी । मोरङको बुढिगङगा गाउपालिकाका मुसहरहरु माथि समुहगत रुप साङ्घातिक आक्रमण गर्नेलाइ प्रहरीले बिना कार्बाही छाडी दिएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका २ खार्जीका मुसहर हरु माथी गत सोमबार आक्रमण भएको थियो । आक्रमण बाट पाँचजना मुसहरहरु गम्भिर घाइते भएका छन । आक्रमणमा परेर घाइते भएका सरस्वतीऋषिदेव ५० र उनकाभाइहरु क्रमश ४० बर्षिय पन्नाालाल ३८ बर्षिय चुन्नीलाल ३५ बर्षिय रामजी र ३३ बर्षिय श्यामऋषिदेव गम्भिर घाइते भएका छन ।
घरछिमेकको सामान्य विवादको बदला लिन राती हातहतियार सहित गाउँमा आएर अन्धाधुन्ध आक्रमण गरेर पाँचजनालाई गम्भिर घाइते बनाउने समुहलाई मोरङ प्रहरीले विनाकार्वाही छाडिदिएको हो । सिटी रिक्सा र मोटरसाइकलमा हातहतियार सहित आएका बीस जनाको समुहले मुसहरहरु माथि आक्रमण गरेका थिए । आक्रमणकारीहरु विराटनगर महानगरपालिका १४ जतुवा गाउँबाट बोलाएर ल्याएको पिडित र स्थानियहरुको दाबी छ ।
उनिहरु सबैलाई मोरङ प्रहरीले विराटनगर १४ का निमित्त वडा अध्यक्षको रोहवरमा पिडकहरुलाइ छाडिएको छ ।
प्रहरीले घटना भएको दुई दिनसम्म पनि पिडितहरुको घाउँ जाँच गराउन त परै जावोस घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गराउन पनि सहयोग नगरेको स्थानीय हरुले बताए । घाइतेहरु घटना भएको रातभरि रगत बगाउदै घरमै रोइकराई बसिरहन बाध्य भएको उनिहरुको भनाइ छ । मंगलबार घटना भएको सूचना पाएर मुसहरि बस्ती पुगेका बुढींगंगा गाउँपालिका नेपालीकाँग्रेस सभापति जितनारायण थापाले उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गराएका थिए । स्थानिय सहयोगी नेकपा मोरङ जिल्ला सदस्य कपिल सुनारका अनुसार घटना भएको भोलिपल्ट आक्रमण गर्नेहरुलाई कार्वाही गर्न माग गर्दै इलाका प्रहरी निमुवामा पिडितहरुले निबेदन दिएका थिए । तर प्रहरीले उल्टै घटना मिलापत्र गराउने प्रयास गरेपछि अधिकारकर्मी हरुको दवावमा आक्रमण गर्नेहरुलाई ईप्रकाले जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइदिएको थियो ।
तर जिप्रका मोरङले सबैलाई २० साउनमै निमित्त वडा अध्यक्षको रोहवरमा मुद्दा दर्ता नै नगरि सबैलाई छाडिदिएको छ । अगुवा कपिल सुनारका अनुसार अझै पनि प्रहरीले घटना मिलापत्र गराउन खोजिरहेको छ । प्रहरीले घाइतेहरुको घाउ जाँच गराउन पनि हेलचेक्रयाई गरेको छ । चर्को दबाब पछि घटना तीन दिनपछि बल्ल घाउँचाज गराउन माने पछि कोही पनि प्रहरी पिडितहरुलाई हेरेर विवरण लिन अस्पताल गएनन बरु उल्टै पिडितहरुलाई घाउ जाँच गराउन भनिएको थियो ।
मोरङ प्रहरी प्रबक्त्ता डिएसपी मानबहादुर राईले सबै सूचना आइनपुगेकोले मुद्दा दर्ता नगरि शंकास्पद पाँचजनालाई रोहवरमा छाडेको बताए । आवश्यक परे पुनः पक्राउ गरेर आवश्यक प्रकृया अघि बढाउने उनले बताए ।
यता स्थानिय अगुवाहरुको सहयोगमा मंगलवारदेखी घाइतेहरुको बुढींगंगा टंकि स्थित विराट मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने भएको ले औषधि उपचार गर्ने पैसा पनि नभएको घाइते श्याम ऋषिदेवले बताए । दुबै स्तन काटिएकी सरस्वती ऋषिदेबकी छोरिले आत्मगरेकी छिन । घटनाको प्रत्यक्षदर्शी समेत रहेकी २४ वर्षिय उर्मिला ऋषिदेबले डरकै कारण आत्महत्या गरेको स्थानियले बताएका छन् । उर्मिलाले विहिवार दिउँसो पासोमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
आक्रमणबाट त्रसित भएकी उनी घटना भएको दिनदेखी फेरि पनि आक्रमण गर्न आउँछन र हामी सबैलाई मार्छन भन्दै त्रसित बनेकी थिइन । नियन्त्रणमा लिएर पनि प्रहरीले सबैलाई छाडिदिएको सूचना पाएपछि उनले डरले शुन्य अवस्थामा पुगेर आत्महत्या गरेको हुनसक्ने स्थानियवासी सरस्वती मगरले बताइन ।
घटनाको निष्पक्ष छानविन गर्न बुढीगंगा गाउँपालिका नेपाली काँग्रेस सभापति जितनारायण थापाले मुसहरहरु माथि विनाकारण आक्रमण भएको र दोषीलाई कार्वाहीगर्न प्रहरीले वेवास्ता गरेको बताए ।
नेकपा जिल्ला सदस्य तथा स्थानिय सहयोगी कपिल सुनारले पनि घटना निर्दोषहरु माथि लकडाउनको समयमा नियोजित रुपमा भएको र फौजदारी जघन्य कसुर गर्नेहरुलाई प्रहरीले एकपक्षिय रुपमा संरक्षण गरेकोले घटना उच्चस्तरबाट छानविन हुनुपर्ने बताए । बुढीगंगा गाउँपालिका २ का वडा सदस्य कन्हैया साहले कुनै गल्ति नै नगरेका मुसहरहरु माथि जघन्य आक्रमण गर्नेहरुलाई प्रहरीले एकतर्फी संरक्षण गरेकोले कानुन कार्यान्वयमा प्रश्न उठेको बताए । आक्रमण गर्न ल्याइएका मानिसहरु विराटनगर १४ जतुवा भन्ने स्थान घटनास्थल देखी झण्डै १० किलोमिटर दुरीमा पर्दछ ।