प्रहरीद्वारा बैंक कर्मचारीको सुसाईड नोट फेला

  • साउन २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । सनराइज बैंक विराटनगर शाखामै विषपान गरी आत्महत्या गरेकी कर्मचारीले बुबाआमालाई सम्बोधन गरी ‘सुसाइड नोट’ लेखेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले बैंकमा बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र आफ्नो नाममा बैंक तथा वित्तीय संस्थामा शेयर रहेको समेत उल्लेख गरेकी छन् ।

बुधबार दिउँसो सनराईजमा कार्यरत विराटनगर–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडा बेहोस भेटिएकी थिइन । त्यहाँ मुसा मार्न प्रयोग हुने विषादीको बट्टासमेत भेटिएको थियो । उनी बैंकको वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत थिइन ।

विषादी सेवनका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्कि अनुमान छ । उनले ब्लेडले आफ्नो देब्रे हातसमेत काटेको पाइएको थियो । दुबै बस्तु प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डीएसपी मानबहादुर राईले ‘सुसाइड नोट’ लेखेर ब्लेडले हात काट्दै विष पिएर आत्महत्या गरेको देखिन्छ । ‘आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन’ सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ । एक साताअघि पनि ती युवतीले आत्महत्या गर्ने प्रयास गरेको प्रहरीमा जानकारी आएको बताइएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved