धनपालथानमा एक ट्रक हरियो मटर बरामद

  • साउन २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ पौठाबाट प्रहरीले चोरी निकासी गर्न लागिएको हरियो मटर बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी को. १ ख ४८८७ नम्बरको मिनी ट्रकमा ६२५० के.जी. मटर बरादम भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसको मूल्य करिब ५ लाख रुपैयाँ भएको र गोप्य सूचनाको आधारमा सिमा प्रहरी चौकी मायागंजबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरी टोली पुग्न साथ उक्त हरीयो मटरसहितको मिनी ट्रक छाडी चालक फरार भएको र चालकको खोजी कार्य जारी रहेको बताइएको छ । बरामद भएको हरियो मटरसहितको ट्रक ईप्रका रंगेली ल्याई मुल भन्सार कार्यालय रानीमा पठाउने तयारी भएको राईले बताए ।
हरियो मटर धनपालथान गाउँपालिका वडा नं. २ बस्ने दिलिप साहको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको निज समेत फरार रहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved