साम्पाङलाइ ५ दिन म्याद थप, श्रेष्ठलाई पक्राउ पुर्जि

  • साउन २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । सार्वजनिक सम्पत्ती हानी नोक्सानी मुद्दामा सर्दु र खर्दुको मुहानमा पाइपलाइन तोडफोड गर्ने हर्क साम्पाङ्लाइ सुनसरी जिल्ला अदालतले ५ दिन को म्याद थप गरेको छ भने खानेपानी संस्थानका प्रमुख राम कुमार श्रेष्ठ लाई पक्राउ पुर्जी आदेश गरेको छ । फुस्रे सिस्टममा सर्दु र खर्दुको खानेपानीको मुहान क्षेत्र तोडफोड गरेको आरोपमा पक्राउ साम्पाङलाइ प्रहरी ले मङलबार पक्राउ गरेको थियो । सार्वजनिक सम्पनि हानी नोक्सानीको मुद्धामा ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

धरान उपमहागरपालिका खानेपानी व्यवस्थापन बोर्डले मंगलबार बेलुका हर्क सामपाङ र खानेपानी संस्थानका रामकुमार श्रेष्ठलाई किटानी जाहेरी दिए पछि सामपाङ घरबाटै पक्राउ परेका थिए भने श्रेष्ठ फरार रहेका छन। यता फरार रहेका खानोपनी संस्थानका धरान प्रमुख श्रेष्ठलाई पनि पक्राउ गर्ने पुर्जी जारी गरेको छ । साम्पाङ सहितको टोलिलाइ श्रेष्ठले नै मुहान लिएर गएका थिए। उनकै रोहबर मा खानेपानी बोर्डले बिस्तार गरेको पाइपलाइन तोडफोड गरिएको थियो ।

डिएसपी बस्नेतले अदालतबाट उनलाई पनि पक्राउ अनुमति लिएको र श्रेष्ठको खोजी भइरहेको जानकारी दिए । मुहानमा बिछ्याइएको पाइपलाइनलाई गत आइतबार ४ बजेको समयमा साम्पाङ राई सहितको २५।३० जनाको समुहले तोडफोड गरेका थिए । त्यसबाट करीब डेढ लाख बराबरको क्षति भएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved