सुरक्षित वराहक्षेत्रको नीति अवलम्बन "हाट बजार बन्द, होटल साँझ ५ बजेसम्म, टेम्पो प्रवेशमा प्रतिबन्ध"

  • साउन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाले बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नगरक्षेत्रभित्र सावधानीका उपाय अपनाउने भएको छ ।

वराहक्षेत्र नगरपालिकाको कार्यालयमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा संयन्त्रका प्रमुखहरुको उपस्थितिमा भएको छलफलले ‘सुरक्षित वराहक्षेत्र’को नीति अख्तियार गर्ने निर्णय गरेको छ ।

नगरले साप्ताहिक हाटबजार पूर्ण रुपमा बन्द गर्ने, होटल व्यवसाय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सुरक्षाका उपाय अपनाउँदै मात्र खोल्न पाउने, नगर बाहिरबाट आउने अटोरिक्सा, टेम्पोलगायतका सवारीलाई प्रवेशमा रोक लगाउने लगायतका नीति अवलम्बन गर्ने भएको छ ।

सम्पूर्ण नागरिकलाई अनिवार्य मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र भौतिक दूरी कायम गर्ने विषयलाई दिनचर्या बनाउन नगर प्रमुख निलम खनालले आग्रह गरे । ‘अबको दैनिकी कोरोनासँगसँगै’ सुरक्षित बनाउनु पर्ने आवश्यक्ता रहेकाले नगरले प्रदान गर्ने सेवा प्रवाहलाई समेत सुरक्षित र सहज बनाइने बताए । मेयर खनालले नगरवासीको सम्पूर्ण सुरक्षा पहिलो सर्त भएको बताए ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले सुनसरी जिल्लालाई सुरक्षित बनाउन अभियान थालिएको जानकारी दिंदै मातहतका निकायलाई निर्देशन दिए ।

छलफलमा नगर उपप्रमुख कमला मगर, प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेल, नेपाली सेनाका सेनानी सञ्जीवराज नेपाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कमल थापा, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक देवराज विष्ट, अनुसन्धान अधिकृत सुविद चौधरीलगायतको उपस्थिति रहेको थियो ।Upasthiti2 (1) afdsf

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved