इटहरीको नितिगत अनियमितता कायमै "नियम विपरित बजेट रकमान्तरण"

  • साउन ५, २०७७
  • "तेज बन"
alt

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालीकामा नीतिगत अनियमिता कायमै रहेको अर्काे तथ्य फेला परेको छ । महालेखा परिक्षकको ५७ औ वार्षिक प्रतिवेदनमा कानुन बिपरित ७८ लाख रुपैया रकम निकासा भएको देखाएपछि उपमहानगरभित्र अझै पनि नीतिगत अनियमिताता कायमै रहेको तथ्य फेला परेको हो । उपमहानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९को नीति उलङघन गरी खर्चभार बढाएको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ ।

एउटाको शिर्षकमा आएको बजेट अर्काे शिर्षकमा लगेर खर्च गर्नुका साथै यातायात मर्मत, भ्रमण खर्च, भत्ता लगायतका बिषयहरूमा आर्थिक पारदर्शिता कायम नगरेको प्रतिवेदनले प्रस्ट उल्लेख गरेको छ ।

कुनैपनि स्थानीय तहले कुनै कोषबाट रकम खर्च गर्नुपर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९ अनुसार कुनै शिर्षकबाट पुँजिगत शिर्षकमा २५ प्रतिशतमा नबढाई रकमान्तर गर्न सकिने ब्यवस्था रहेको छ तर उपमहानगरको हकमा त्यो व्यवस्थालाइ उलंघन गर्दै ७८ लाख ३४ हजार रुपैया रकम निकासा भएको प्रतिवेदनले उल्लेख गरेको छ ।

इटहरी उपमहानगरपालीकाले तलब, भवन निर्माण, मेसिनरी औजार लगयतका पुँजिगत उपशिर्षकबाट ७८ लाख ३४ हजार रुपैया रकमान्तर गरी घटाएर बैठक भत्ता, भ्रमण खर्च, सवारीसाधन मर्मत लगायतको फचुल खर्च बढाएकोले उक्त खर्चहरूलाइ तत्काल नियन्त्रण गर्न महालेखा नियन्त्रण कार्यालय काठमाण्डौले सुझाव समेत दिएको छ । साथै आर्थिक पारदर्शिता राख्दै मितब्ययी कायम राख्न सुझाव समेत दिएको छ ।

यता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौत्तमले कर्मचारी संख्या बढाउनु परेकोले खर्च अपुग भइ रकमान्तरण बढाएको बताईन् । तर कार्यपालीकाको बैठकमा रकमानन्तण बिषय अनुमोदन भइसकेको उनको भनाई छ । नियम विपरित रकमान्तरण गरिएको पनि उनले स्वीकार गरेकी छिन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved