पच्चिस सयको लोभमा हत्या

  • असार २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । पच्चिस सय रुपैयाको प्रलोभनमा परेर सुनसरी स्थित देवानगञ्ज गाउँपालिकाका एक युवाको हत्या भएको खुलेको छ ।
ससुराली आएका देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय मिथुन उरावको हत्या भएको खुलेको हो ।

उनकै ससुरा र सासुले स्थानीय युवाहरुलाई पच्चिस सय रुपैयाको प्रलोभन देखाएर हत्या गराएका हुन् । गत असार ६ गते सुनसरीको गढी गाउँपालिकाको बुढि खोलामा उरावको शव माटो मुनि पुरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । घटना असार ३ गते भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शवको थप अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले ससुरा रामदेव उराँव, सासु छवनी देवी उराँव, श्रीमति प्रमिला उराँव समेतलाई असार २४ गते नियन्त्रणमा लिए पछि उनीहरुको बयानको आधारमा असार २५ गते अरविन उराँव र अजय उराँवलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved