वाणिज्य भवनको पहिलो तला ढलान हुने

  • असार २६, २०७७
  • "भूमिप्रसाद पाठक"
alt

पथरी / उद्योग वाणिज्य संघ, पथरी शनिश्चरेको निर्माणाधीन भवनको कार्य तीब्रतर ढंगले अघि बढेको छ । स्थानीय व्यापारी–व्यवसायी, उद्योगी–उद्यमी र सरकारको बेलाबेलामा प्राप्त सहयोगबाट सम्पन्न यो भवनको पहिलो तला छत ढलान कार्य यहीँ असार २९ गते सोमबारका दिन हुने भएकोले सोहीअनुसार तयारी कार्य अघि बढेको भवन निर्माण उपसमितिका संयोजक यादवचन्द्र दुलालले उजागर अनलाइनलाई बताउनुभएको छ ।

सरस्वती गेस्ट हाउस, मन्दिर लाइनमा चल्दै आएको उद्योग वाणिज्य संघको कार्यालय भवनको विकल्पका रूपमा संघको अध्यक्षमा निर्वाचित भएलगत्तै स्थानीय स्तरमा सफल व्यापारी व्यवसायी व्यक्तित्व दीपक बस्नेतले आफ्नो कार्यकालमा वाणिज्य भवन निर्माण गर्ने उद्घोष गर्नुभएको थियो । संस्थागत निर्णय लिएसँगै लगातारको अथक प्रयासपछि शिलान्यासको वर्ष दिन बित्न नपाउँदै आफ्नै नाममा जमिन लिएर कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढेको हो ।

यहाँ स्थानीय सरकार छ । यसले आफ्नो कार्यालय भवन बनाउने उद्घोष गरेको थियो । अहिलेसम्म शिलान्यास गर्न सकेको छैन । सरकारमातहत क्रियाशील एउटा वाणिज्य संघले आज आफ्नै नाममा जमिन लिएर कार्यालय भवन निर्माणको कामलाई अघि बढाइरहेको छ । नेतृत्वमा सम्बन्धित संस्थाप्रति प्रतिबद्ध योजना कार्यान्वयनमा इमान र दृढ इच्छाशक्ति भए जे पनि गर्न सकिन्छ भन्ने कुराको दृष्टान्त पेश गरेको छ पथरी उद्योग वाणिज्य संघ र यसको नेतृत्वले भन्दै स्थानीयबासी युवराज बास्कोटाले पथरी उद्योग वाणिज्य संघले स्थानीय सम्पदा निर्माणको क्षेत्रमा गौरव बढाएको बताउनुभयो ।

हामीले आफ्नो १७ औँ साधारणसभामा यो कार्यालय भवन निर्माणको शिलान्यास गरेका थियौं । वाणिज्य स्मारिका प्रकाशनमा ल्याएका थियौं । नगरमा स्थापित कैयौं गन्यमान्य व्यक्तित्व र व्यावसायिक अग्रजहरूलाई सम्मान गर्ने काम गरेका थियौं । उहाँहरू सबैको सहयोगमा यहिँवर्षभित्र कार्यालयको प्रारम्भिक काम सकेर कार्यालय स्थानान्तरण गर्ने कबुल गरेका थियौं । सोही अनुसार यो काम अघि बढेको छ । यो स्थानीय व्यवसायी, व्यापारी, उद्योगी, उद्यमीलगायत आम नागरिकको मेहनतको प्रतिफल हो । पथरीबाहिरका दर्जनौं व्यावसायी साथीहरू, स्थानीय सरकार र माथिल्ला सरकारको समेत सहयोग रहेको छ । सहयोगीहरूको सहयोगको यहिँ जगमा उभिएर हामीले पहिलो तलको काम करीबकरीब सम्पन्न गर्न लागेका छौं । यो क्रम निरन्तर रहने छ । यसैमा हामीलाई खासगरिकन मलाई आत्मगौरवबोध भएको जनाउनुहुन्छ पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत ।

पथरी शनिश्चरे नगरपालिका वडा नं। २ सिन भिलेज प्यालेस नजिकै रहेको सो भवन १ कठ्ठा ७ धुरमा निर्माणाधीन अवस्थामा रहेको छ । प्रशस्तै पार्किङ स्थल, व्यवसायिक कक्ष, सभाहल, प्रशासनिक कार्यकक्ष, आवासकक्ष कोठाहरू सहितको व्यवस्थापन हुने वातानुकूलित प्रविधिमैत्री र सम्पूर्ण हिसावले सुविधासम्पन्न रहेको भवनप्रति स्थानीय आमनागरिकले गौरवबोध गरेका छन् ।
संघकै पहल प्रयत्नमा पथरी शनिश्चरेमा पहिलोपटक कर कार्यालय पनि आउन लागेको र समयक्रममा सम्भवतः यो पनि यहिँबाट सञ्चालित रहेको कुरा संघका महासचिव अशोककुमार साम्पाङ राईंले बताउनुभयो ।

DP 1 copyDP 0 copy

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved