यूएन नवाेदयकलेजकी रुचि लिम्बूको प्रेरणादायी समाजसेवा अवार्डको रकमबाट आश्रमका बालबालिकामा मुस्कान बाँडिन् रुचि

  • असार १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन–६’ की पब्लिक च्वाइस अवार्ड विजेता रुचि लिम्बूले पुरस्कारबाट प्राप्त रकमलाई सामाजिक सेवामा खर्च गर्दै उदाहरणीय कार्य गरेकी छन्।

धरान १६मा अवस्थित यूएन नबाेदयकलेजमा विज्ञान संकाय अध्ययनरत लिम्बूले आफ्नो सफलताको खुसीलाई उत्सवमा मात्र सीमित नराखी असहाय बालबालिकासँग बाँडेकी हुन्।

अवार्डबाट प्राप्त रकमले उनले धरानको सरस्वती बाल आश्रममा आश्रित २८ जना अनाथ तथा असहाय बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरेकी छन्।

बालबालिकाको पढाइमा सहयोग पुग्ने उद्देश्यले गरिएको उनको यो पहलले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

शैक्षिक सामग्री वितरणसँगै लिम्बूले आफ्नै कृषि फार्ममा उत्पादन गरेको ड्रागन फल पनि बाल आश्रमका बालबालिकालाई खुवाएकी थिइन्। आफ्नै मिहिनेतबाट फलाएको फल बालबालिकासँग बाँड्न पाउँदा आफूलाई विशेष आत्मसन्तुष्टि मिलेको उनले बताइन्।

“अवार्ड जित्नु मेरो लागि खुसीको कुरा त थियो नै, तर त्योभन्दा ठूलो खुसी यी साना भाइबहिनीहरूको अनुहारमा मुस्कान देख्न पाउनु हो। मेरो सानो सहयोगले उनीहरूको पढाइमा थोरै भए पनि मद्दत पुग्ने आशा लिएकी छु,” लिम्बूले भनिन्।

यू एन कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले कलेज शैक्षिक सेवासँगै सामाजिक सेवामा पनि समर्पित रहेको उल्लेख गर्दै रुचिको कार्य सबैका लागि प्रेरणादायी बनेको बताए। उनले युवापुस्तामा देखिएको यस्तो सेवाभावले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

भर्खरै विद्यालय तह पार गरेर कलेज जीवनमा प्रवेश गरेकी एक युवतीबाट गरिएको यस्तो सामाजिक कार्यको स्थानीय बुद्धिजीवी, कलेज प्रशासन तथा सर्वसाधारणले प्रशंसा गरेका छन्।

कला, प्रतिभा र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाएकी रुचि लिम्बूको यो कदमले अन्य युवालाई पनि समाजसेवामा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

तथ्यांक अभावले धरानम ...

धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved