यातायात व्यवस्था कार्यालयलाई ध्यानाकर्षण 

  • असार १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

 
काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर्दाकै बखत कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको कागजात संलग्न गर्नु पर्ने अनिवार्य व्यवस्था लगायतका मागहरु राख्दै यातायात व्यवस्था कार्यालयको ध्यानाकर्षण गराएको छ । 
 
बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सबै यातायात व्यवस्था कार्यालयमा चारबुँदे ध्यानाकर्षण गराइएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ । 
 
ध्यानाकर्षण पत्रमा सरकारले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्नुपर्ने नीति अख्तियार गरिसकेकाले यातायात व्यवस्था कार्यालय मार्फत सवारी दर्ता, नविकरण लगायतका कागजातहरु अध्यावधि गर्दाका समय सम्बन्धीत प्रालि वा व्यवस्थापकले श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको कागजात संलग्न गर्नु पर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने उल्लेख छ ।
 
त्यस्तै यातायात व्यवस्था कार्यालयमा हुने अस्वभाविक र असामयिक भिडभाडको अन्त्य, कार्यालयमा बिचौलिया समाउँनुपर्ने बाध्यताबाट मुक्ति, कार्यालयमा हुने सेवाग्राहीलाई अनावश्यक प्रशासनिक हैरानीमा सुधार सहित सेवालाई सहज, छिटो र छरितो बनाउन पर्ने उल्लेख छ ।
 
त्यस्तै यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवा ग्रहण गर्न भौतिक उपस्थिति अनिवार्यतालाई अन्त्य गर्दै, सेवालाई प्रविधिमैत्री, क्यासलेस सिस्टम आधारित बनाउँदै कामलाई पारदर्शी र कर्मचारीहरुलाई जिम्मेवार बनाउनेगरी काम प्रारम्भ गर्नुपर्ने माग छ ।
 
त्यस्तै सवारीसाधन दर्ता गर्दा ऐनमा भएको व्यवस्था अनुरुप रुट, यात्रु चाप, आवश्यकता र कस्तो सवारीसाधन भन्ने व्यवस्थालाई मध्यनजर गरेर मात्रै थप गर्नुपर्ने रुट इजाजत दिनुपर्ने ध्यानाकर्षण गराइएको छ । 
 
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुधबार बिहान एकै समयमा देशैभरीका यातायात व्यवस्था कार्यालयहरुमा ध्यानाकर्षण गराउने निर्णय अनुसार बुभबार बागमती प्रदेश यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यालय प्रमुख पवित्र कुँवरलाई संगठनको केन्द्रीय उपाभ्यक्ष नवराज घिमिरेको अगुवाईमा गएको टोलीले ध्यानाकर्षण हस्तान्तरण गरेको छ । 
 
त्यस्तै गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयमा संगठनका उपमहासचिव विष्णुबहादुर पराजुलीको अगुवाईमा दाङको तुलसीपुर स्थीत यातायात व्यवस्था कार्यालयमा संगठनका उपमहासचिव खगेन्द्रबहादुर ओलीको अगुवाईमा ध्यानाकर्षण पत्र कार्यालय प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ । 
 
त्यस्तै झापा जिल्ला स्थीत यातायात व्यवस्था कार्यालयमा संगठनका केन्द्रीय उपमहासचिव देवीप्रसाद भट्टराईको अगुवाईमा र यातायात व्यवस्था कार्यालयमा संगठन कन्चनपुर जिल्ला अध्यक्ष हर्क रावलको अगुवाईमा ध्यानाकर्षणपत्र बुझाइएको छ । बाँकी जिल्ला तथा प्रदेशहरुमा बिहिबार समेत बुझाइने कार्यक्रम रहेको अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।  
 
संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले संस्थागत रुपमै सामाजिक सुरक्षा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइसकेको अवस्थामा यातायात श्रमिकहरुलाई सामाजिक सुरक्षामा सूचिकृत गर्नु र सरकार कार्यालयहरुले अनिवार्य नीति बनाउनु पर्ने बताउनुभयो ।

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

तथ्यांक अभावले धरानम ...

धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अ ...

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved