ब्राउन सुगरसहित दुई युवक पक्राउ

  • असार १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोक क्षेत्रमा प्रहरीले १.७० ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ः३० बजे सवारी चेकजाँचका क्रममा पकलीबाट झुम्का तर्फ जाँदै गरेको को २७ प ९४३३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक र पछाडि सवार व्यक्ति मोटरसाइकल छाडेर भागेका थिए।

प्रहरीले उनीहरूको पिछा गर्ने क्रममा उनीहरूले नजिकैको एक चिया पसल पछाडिको पर्खालको चेपमा फालेको प्लास्टिकको पोका फेला पारेको थियो।

उक्त पोका खोली जाँच गर्दा स–साना प्लास्टिकका प्याकेटमा राखिएको १.७० ग्राम ब्राउन सुगर  बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रामधुनी नगरपालिका–७ का २७ वर्षीय शिशिर गुरागाई र रामधुनी नगरपालिका–५ का २५ वर्षीय बिमल लम्साल रहेका छन्।

प्रहरीले लागूऔषध, मोटरसाइकल तथा एक थान डिजिटल तराजुसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

तथ्यांक अभावले धरानम ...

धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved