धरान/ बिहिबार देखि परेको निरन्तर को वर्षाले सप्तकोशी नदिको बहाव बढदै गएको छ ।
कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार सुक्रबार बिहान ८ बजे गरिएको मापन अनुसार २ लाख ७ हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव पुगेको छ ।
यस बर्ष कै उच्च मापन गरियको छ । यसअघि असार १२ गते पनि कोशीमा वहाव १ लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको थियो ।
त्यसपछि निरन्तर घट्दै गएर १ लाख १२ हजारमा झरेको थियो । तर, हिजो साँझदेखि भने निरन्तर बढ्दै गएको असई खत्रीले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजमा रहेको ५६ वटा ढोकाममध्ये ३० वटा खोलिएको छ ।
कोशीमा पानीको बहाब डेढ लाख मापन गरिए पनि रातो बत्ति बालेर सर्वसाधारणहरुलाई सचेत गराउने गरिन्छ ।
यस्तै, २ लाख कटेपछि दोस्रो रातो बत्ति बल्छ भने पानीको वहाव ३ लाख नाघे पछि बीचमा पनि अर्को बत्ति बल्छ भने रातो झण्डा पनि राखिन्छ ।
कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक छ।