धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा फलफुलका ८ हजार भन्दा बढी बिरुवा वितरण गरेको छ ।
नगर क्षेत्र भित्रका करिब ९ सय किसानलाई फलफुलका ८ हजार ५ सय बिरुवा प्रदान गरिएको हो । कृषकहरुलाई फलफुल खेतीमा आकर्षित गराउँदै उत्पादन बढाउन सहयोग पुर्याउने उद्देश्यले बिरुवा वितरण गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए ।
कृषकहरुलाई कागतीका २ हजार ५ सय, एबोकाडोको १ हजार ८ सय, आँपको १ हजार ३ सय, लिचिको १ हजार, सुन्तलाको १ हजार र किबीको ६ सय बिरुवा अनुदानमा वितरण गरिएको छ ।
त्यस्तैगरी ड्रागनफलका ३ सय बिरुवा निःशुल्क वितरण गरिएको छ ।
नगरपालिकाले रामेछाप र धनकुटाका विभिन्न स्थानबाट बिरुवा खरिद गरी कृषकहरुलाई छुटमा वितरण गरेको हो ।