बुधबार राति परेको अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे–५ मा पहिरोले २३ जना बेपत्ता भएका छन् भने १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा धन जनको ठुलो क्षति पुर्याएको छ ।
गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १५ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूको सेना,प्रहरी र स्थानीय मिलेर खोजी गरिरहेका छन् ।
सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि नदि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।