पुनः श्रम स्वीकृति खुल्ला

  • असार १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको महामारी शुरु भए पछि रोकिएको पुनः श्रम स्वीकृति करिब ४ महिना पछि खुल्ला गरिएको छ ।

कोरोनाको संक्रमण विश्व व्यापी रुपमा फैलिए पछि वैदेशिक रोजगारीका लागि आवश्यक पुनः श्रम स्वीकृती रोकिएको थियो । विहिबार देखि पुनः श्रम स्वीकृति खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचलले जनाएको छ ।

भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख उमेश बस्नेतले जानकारी दिए । पुनः श्रम स्वीकृति खुले पनि नयाँको बारेमा भने जानकारी नभएको उनले बताए । पुन: श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।

पुनः श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए ।

पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन् ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved