प्लटिङ बढ्दै गए पछि पानवारी मन्सुली चामलको ब्राण्ड लोप हुँदै

  • असार १७, २०७७
  • "दिनेश गजमेर"
alt

धरान । दशक अघि सम्म पानवारी मन्सुली चामल उत्कृष्ठ ब्राण्ड बनेको थियो । तत्कालिन अवश्थामा साविकको पाँचकन्या गाविसको पानवारीमा उत्पादन हुने पानवारी मन्सुलि चामल धरान मात्रै होईन, पुर्वका झापा, मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतियोग्य जमिन मासिदै गए पछि अन्य ठाउँमा उत्पादन हुने चामललाई पानवारी मन्सुलि भनेर ब्राण्डिङ गरी बिक्रि हुने गरेको छ ।

हालको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानवारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानवारी मुलुकै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सुचिकृत गरेको क्षेत्र हो । पहाडबाट बगेर आएको पानी र बलौटे माटोमा उत्पादन भएको चामल स्वाष्टि हुने भएकाले पनि पानवारीको उत्पादनहरु ब्राण्डिङ भएका थिए ।
पानवारी ब्राण्डको चामल उत्पादन हुने क्षेत्रमा एकातिर प्लटिङले खेतीयोग्य जमिन मासिदै गएको छ, भने अर्को तिर विभिन्न प्रजातिका धान लगाउन थाले पछि पानवारी मन्सुलिको ब्राण्ड हराउँदै गएको छ ।
पानवारीमा करिब ६ सय ३० बिघा अर्थात ४ सय १० हेक्टर क्षेत्रफल खेतीयोग्य भुमि थियो । साविक पाँचकन्या गाविस धरान उपमहानगरपालिकामा गाभिएपछि भने जग्गा व्यापार मौलायो । प्लटिङले उर्बर भुमि बाँझो छोड्ने क्रम बढेको छ । बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै घडेरीमा परिणत हुन थाले पछि धरानमा धान खेती पनि बिस्तारै लोप हुदै गएको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका साविक विष्णुपादुका, पाँचकन्या गाविसका मुख्य खेतीनै धानबाली थियो ।

१० वर्ष अघि सम्म एक किसानले कम्तीमा ३ विगाहाको क्षेत्रफलमा धानबाली लगाउँथे । अहिले बढीमा १० कट्ठाको क्षेत्रफलमा मात्रै रोपाई हुने गरेको छ । धान फल्ने जमिनहरु मासेर बस्ती बस्न थाले पछि खेती गर्ने जग्गानै नरहेको स्थानीय कृषक डम्बर देवान बताउँछन् ।

कृषि उत्पादनमा उत्कृष्ठ रहे पनि प्लटिङले उत्पादनको क्षेत्रफल घटाइरहेको मान बहादुर योञ्जन बताउँछन् । उनले भने, पहिलेको तुलनामा त अहिले अनुमान नै गर्न सकिन्दैन्, धेरै घटेको छ ।’
पानवारीमा १२ किसिमका धानको खेती हुने गरेको थियो । पानवारीमा उत्पादन भएको धानले झापा, मोरङ र सुनसरीलाई नै धानेको थियो । धान खेतीमा उत्कृष्ट भएकाले राष्ट्रिय पुरस्कारहरु समेत हात पारेको थियो । तर पछिल्लो समय प्लटिङकै कारण घर, घडेरीमा परिणत हुन थाले पछि कृषि क्षेत्र मासिदै गएको पुर्व गाविस अध्यक्ष रमेश बस्नेत बताउँछन् ।

उनका अनुसार १ सय १० वर्ष अघि देखि आवादी रहेको पानवारीमा २०४९÷५० साल देखि सबै क्षेत्रमा खेती गर्न थालिएको हो । पछिल्लो समय खेतियोग्य जमिनहरु घडेरीमा परिणत हुन थाले पछि उत्पादन घट्दै गएको उनले बताए ।

अहिले भुउपयोग नितिको विषयमा स्थानीय तहहरुमा छलफल भइरहेको छ । पानवारीलाई पनि कृषि क्षेत्रकै रुपमा विकाश गर्नु पर्ने सुझावहरु आउन थालेको उनले बताए । उनले भने, केहीले आवास क्षेत्रको रुपमा ल्याउनु पर्ने भनिरहेका छन्, अहिले फेरि यो लकडाउनका कारण कृषिको प्रत्याभुति भए पछि कृषि क्षेत्रमा ल्याउनु पर्छ भन्न थालेका छन्, यहाँँको पानी, उत्पादन शक्ति अति राम्रो भएकाले पनि यस क्षेत्रलाई कृषि क्षेत्रकै रुपमा विकाश गर्नुपर्छ ।’

धरानका ४, ५, ६, १७ र २० नम्बर वडालाई संघीय सरकारको निती तथा कार्यक्रममा कृषि जोनको रुपमा विकाश गर्ने भन्दै बजेट विनियोजन गरेको छ । स्थानीय सरकारले पनि कृषि क्षेत्रको रुपमा संरक्षण गर्ने जनाएको छ ।

स्थानीयका अनुसार पानवारीमा अहिले खेतियोग्य जमिन रहेको क्षेत्रमा पनि ६० प्रतिशत मात्रै धानखेती हुने गरेको छ । २० प्रतिशत क्षेत्र त्यसै बाँझो रहेको छ भने बाँकी २० प्रतिशतमा प्लटिङको तयारी भईरहेको छ ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved