बराहक्षेत्र । राष्ट्रिय बृक्षारोपण दिवसलाई प्रबर्द्धन गर्ने उद्देश्यले आज पुर्वका विभिन्न स्थान सहित सुनसरीको बराहक्षेत्र स्थित सदाबहार मिडिया प्रालिले आफ्नो कार्यक्षेत्र परिसरमा अर्जुन, अशोक, आँप, लिची लगाएतका बिरुवा बृक्षारोपण गरेको छ।
बराहक्षेत्रमा शिघ्र समुदघाटन हुन लागेको सदाबहार मिडिया प्रालिका निर्देशक बिजयकुमार राउतले बोट बिरुवा रोप्दा बाताबरण संरक्षण र फलफूल उत्पादनमा आत्मनिर्भर हुने बताए। राउत मिडिया नेपाल प्रदेश नम्बर एकका अध्यक्ष समेत हुन।
नेपाल सरकार द्वारा असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस दिवस घोषणा गरेको छ भने प्रदेश नं १ सरकारले प्रदेशब्यापी रुपमा आउदो दशक भरी फलफूलका बृक्षारोपण गर्ने निति अनुसार आज देशका विभिन्न स्थानहरुमा बृक्षारोपण गरिएको छ।