विराटनगर । मोरङको रंगेली नगरपालिका ८ को दर्वेशा सडक अविरल वर्षाका कारण हिलाम्मे भएको छ ।
विधुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भई हिंडडुलमै समस्या भएको छ । सडक निर्माणको छेउमा थुपारिएको माटोका कारण सडकमा खपीनसक्नु हिलो भएको स्थानीयले गुनासो गरेका छन् ।
सडक निर्माणको जिम्मेवारी रायमाझी रभिमेश्वर जेभी भक्तपुरले गरिरहेको छ । हिलोका कारण स्थानीयलाई आवत जावतमा नै समस्या झेल्नुपरेको छ । ठेकेदारले वाईपास बाटोसमेत नबनाईं दिंदा स्थानीयले पाउनुसम्म दुःख पाएको स्थानीय उमाशंकर चौधरीले बताए । भने,“सडकको हिलोमासाईकल, मोटरसाईकल कुदाउन त समस्या छ । पैदल यात्रीहरुलाई समेत आवत जावत मा निकै कठिनाई भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले कूल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ बजेटमा सडको निर्माणको लागि ठेक्का लगाएको हो ।