सलह किरा नेपाल प्रवेश

  • असार १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

मरुभूमिा पाइने सलह किरा नेपाल प्रवेश गरेको छ । शनिबार आज बिहान ३ जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको हो ।

दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताए ।

यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्‍ने बताएका थिए ।

सलह कीराले बिरुवाका पात, फल, बिरुवाको हाँगा खाएर बोट नै सखाप पार्ने गर्दछ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।

सलह नेपालमा प्रवेश गरेसँगै यसले कति असर गर्ला भन्‍ने विषयमा पनि चर्चा हुन थालेको छ ।

प्रारम्भिक अध्ययनका क्रममा मरुभूमिमा पाइने धेरै खन्चुवा पहेंलो सलह नदेखिएको, मनसुन रहेको र प्रजनन् गर्ने उपयुक्त वातावरण नेपालमा नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको वैज्ञानिकहरुले वताएका छन् ।
नेपालमा मनसुनी प्रभाव भएको र चिसो भएकाले सलहले धेरै क्षति नगर्ने अनुमान कृषि वैज्ञानिकहरुको छ ।

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved