लुकाएको बम खेलाउँदा विस्फोट, १ जना गम्भीर घाइते

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिनिधि तश्वीर

 इलाम/ देउमाई नगरपालिका वडानम्बर ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौसम श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
 
श्रेष्ठले द्वन्द्व कालदेखि लुकाई राखेको सकेट बम उहाँका २५ बर्षीय छोरा मौसमले झिकेर खेलाउने क्रममा बिहीबार राती विष्फोट भएको हो ।
 
मौसमले खेलाउदै गरेको बम विष्फोट हुँदा उनका दुवै हातका औंला चुँडीएको र आँखामा पनि चोट लागेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिनुभयो ।
 
 
तत्कालिन विद्रोही माओवादी र सेनाबीच स्थानीय देवि डाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको इन्पेस्क्टर शाहले बताउनुभयो ।
 
मौसमलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ ।
 
गम्भीर घाइते भउका मौसमलाई उपचारका लागि झापाको बीएण्ड सी अस्पताल लगिएको छ ।
 
प्रहरीका अनुसार काठमाडौंमा फर्निचरको काम गर्दै आएका मौसम लकडाउनका कारण घर आएर बसिरहेका थिए ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved