इलाम/ देउमाई नगरपालिका वडानम्बर ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौसम श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
श्रेष्ठले द्वन्द्व कालदेखि लुकाई राखेको सकेट बम उहाँका २५ बर्षीय छोरा मौसमले झिकेर खेलाउने क्रममा बिहीबार राती विष्फोट भएको हो ।
मौसमले खेलाउदै गरेको बम विष्फोट हुँदा उनका दुवै हातका औंला चुँडीएको र आँखामा पनि चोट लागेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिनुभयो ।
तत्कालिन विद्रोही माओवादी र सेनाबीच स्थानीय देवि डाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको इन्पेस्क्टर शाहले बताउनुभयो ।
मौसमलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भउका मौसमलाई उपचारका लागि झापाको बीएण्ड सी अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार काठमाडौंमा फर्निचरको काम गर्दै आएका मौसम लकडाउनका कारण घर आएर बसिरहेका थिए ।