सामाजिक सक्रियता नहुँदा आत्महत्या

  • असार ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ।  सामाजिक रुपमा सक्रिय नहुँदा तनाव व्यवस्थापन गर्न नसके पछि पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । अझ लकडाउनको समयमा कुनै पनि अपेक्षा पूरा नहुँदा, सोचेजस्तो नहुँदा पनि आत्महत्या बढ्दै गएको पाइएको छ ।

चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनको समयमा सुनसरीमा मात्रै ५७ जनाले आत्महत्या गरेका छन् । त्यस मध्ये धरानमा मात्रै १८ जनाले आत्महत्या गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार सबै भन्दा बढी विभिन्न पारिवारिक समस्या, दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । चैत्र १३ गते देखि यता धरानमा १४ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा १३ वर्ष उमेर देखि ४० वर्ष उमेर सम्ममा मानिसहरु १३ जना रहेका छन् भने ४० वर्ष देखि ८५ वर्ष उमेरका ५ जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार सबै भन्दा बढी पारिवारिक कलहका कारण आत्महत्या भएको छ । त्यस पछि दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । उनले भने, ‘लकडाउनकै कारण खुल्दैन, तर यो समयमा हेर्ने हो भने एक किसिमको तनावकै कारण हुन सक्छ, पछिल्लो समय बाहिर घुमफिर गर्न नपाइने, खुल्ला वातावरण पाइरहेको छैन्, त्यसले पनि हुनसक्छ ।’ गर्नुको सबै भन्दा बढी रहेका छन् ।

विभिन्न पोइजन तथा झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ । लकडाउनको समयमा सबै किसिमका सेवा सुविधाहरु ठप्प छन् । सामाजिक रुपमा घुलमिल नहुँदा, आफ्नो समस्याहरु समाधान गर्न नसक्दा तनाव बढ्दै गए पछि मानिसहरुले आत्महत्या गर्ने गरेको पाइएको छ । मनोरञ्जन तथा सामाजिक रुपमा सक्रिया नहुँदा तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्न सक्ने मनोचिकित्सकहरुको भनाई छ ।

कतिपय अवश्थामा औषधी खाइरहेको बिरामी जसले यो लकडाउनको कारण औषधीका लागि पहुँच नपुगेको अवश्थामा तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या गरेको हुन सक्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मनोचिकित्सक डा. निदेश सापकोटाको भनाई छ । उनले भने, ‘तनावहरु व्यक्त गर्न नपाएर पनि गुम्सेको होला, यो अवश्थामा साथीभाईहरु संग स्कुलमा जाँदा सर्कलहरु हुन्थ्यो, त्यसैले कतिपय यस्तो अवश्थामा धेरै मानसिक रोगहरु चै बल्झिने, नयाँ मानसिकहरु उत्पन्न हुन सक्ने सम्भावनाहरु रहन्छ ।’ परिवारका सदस्यहरुमा तनाव बढ्दै गए पछि परिवारजनले नै त्यसलाई व्यवस्थापन गर्न तर्फ चासो दिनुपर्ने चिकित्सकहरुको भनाई छ ।

दैनिकजसो आत्महत्या र हत्या प्रयासको घटना बढेको कारण प्रहरीलाई समस्या भइरहेको छ । तनावको कारण मानिस डिप्रेसनमा जाने र यो नै आत्महत्याको प्रमुख कारण पनि बन्दै गएको छ । आत्महत्या गर्नेको संख्या बढ्दै जानुले समाजमा पनि नकारात्मक सन्देश फैलिदै गएको छ । त्यसलाई निरुत्साहित गर्न समाज, परिवारनै सचेत हुन जरुरी छ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved