धरान / विश्वव्यापी रुपमा फैलिरहेको कोरोन भाईरस (कोभिड १९) को कारण घोषित लकडाउन र त्यस पश्चात् अपनाउनु पर्ने सावधानी बारेमा १ दिने “सचेतना कार्यक्रम” सम्पन्न भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ धरान उपमहानगर समितिको अयोजनामा शनिबार होटल स्टारमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सभापतिको रुपमा जनमुक्ति युवा महासंघ धरान नगर अध्यक्ष मनी राई “इना” रहेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजमुपा सघीय परिषद अध्यक्ष केपी पालुङ्वा रहेका थिए भने अथितिको रुपमा डा किशोर गुरुङ, राजमुपा सघीय परिषद सचिव बिष्णु थाम्देन, राजमुपा सघीय महासभा सदस्य तारा ब गुरुङ, राजमुपा भातृ सगठन बहुजातीय सास्कृतिक मोर्चाका केन्द्रीय महासचिव अबिन मेन्याङबो, राजमुपा धरान अध्यक्ष चित्र मगर र नेवा देय दबु धरान अध्यक्ष मनोहर शाक्य रहेका थिए ।
कर्याक्रमको सहजकर्ताको रुपमा राजमुपा धरानका सल्लाहकार एवम सरुवा रोग विशेषज्ञ डा किशोर गुरुङ रहेका थिए भने कार्यक्रमको उदोषकको रुपमा महासंघका सचिव चैत्यन्द्रराज भज्रचार्य थिए ।