इटहरी । सुनसरी माेरङ औद्याेगिक करीडाेर अन्तरगत दुहबीकाे एक उद्याेगमा कार्यरत महिलाहरूमाथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित पक्राउ परेका एक उद्याेगका प्रडक्सन इञ्चार्ज पवन शर्मा २४ घण्टा बित्न नपाउदै छाडिएका छन ।
सुनसरीकाे दुहबी स्थित पशुपति सिन प्याक इन्ड्रस्टिजमा कार्यरत महिलाहरूले कुनै उजुरी नदिएपछि आरोपित शर्मा रिहा भएका हुन ।
रातकाे समय डयुटीमा खटिएका महिला कामदारहरू माथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित प्रकउ परेका भारत राजस्थान घर भई सुनसरी दुहबी बस्ने २४ वर्षीय शर्मा पक्राउ परेकाे केहि घण्टामै छुटेका हुन ।
माैखिक उजुरीकाे अाधारमा प्रहरीले शर्मालाइ आइतबार पक्राउ गरेकाे थीयाे तर महिलाहरूले कुनै लिखित जाहेरी नदिएपछि उनि पक्राउ परेकाे ३ घण्टामै प्रहरी कार्यालयबाट रिहा भएका थीए ।
पिडित पक्षबाट कुनै लिखित उजुरी नआएपछि आराेपितलाइ रिहा गरिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
उद्याेग सञ्चालकबाट उजुरी दिए जागिरबाट निकाला गर्ने धम्कि आएपछि पिडित महिलाहरूले उजुरी नदिएकाे श्राेतकाे भनाइ छ ।