काठमाडौँ । बलिउडका चर्चित ३४ बर्षिय युवा अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनि मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको हुन् । प्रहरी घरमा पुगेर अनुसन्धान गरिरहेको भारतीय मिडियाहरुले बताएका छन् ।
उनको किन आत्महत्या गरे भन्ने कारण बारे भने अहिले प्रष्ट भएसकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभिनेता राजपुत पछिल्लो ६ महिनादेखि डिप्रेसनमा रहेको र उनले डिप्रेसनको उपचार समेत गराईरहेको बताइएको छ ।
टेलिभजनबाट आफ्नो करियर सुरु गरेका उनि बलिउडमा पनि छाएका थिए । राजपुतको पछिल्लो फिल्म छिछोरे रिलिज भएको थियो । उनी भारतीय टेलिभिजनको धाराबाहिक पवित्रा रिस्ताबाट चर्चामा आएका थिए ।
सन् २०१३ मा काइ पो चे फिल्मबाट बलिवुडमा डेभ्यु गरेका उनले एमएस धोनी, अन टोल्ड स्टोरी, केदारनाथ जस्ता फिल्ममा काम गरेका थिए ।