प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

  • जेठ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक केदार कार्की र सांसद शेखरचन्द्र थापाले राखेका संशोधन प्रस्ताव वहुमतले अस्विार गरेको थियो ।
संघीय समाजवादी पार्टीका सांसद जयराम यादवले गरेको संशोधन प्रस्ताव स्विकार गर्ने सरकारका तर्फबाट मुख्यमन्त्री शेरधन राईले जनाउ दिएपछि यादवले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

कांग्रेसका प्रमुख सचेतकले संशोधन प्रस्तावहरु फिर्ता नलिएपछि वहुमतबाट ती प्रस्ताव अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पनि वहुमतले पारित गरेको हो । सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी” ले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका थिए । उनले सम्बोधनको क्रममा सभामुखको साटो माननीय सांसद भनेर सम्बोधन गरेको विषयमा समेत कांग्रेसले आपत्ती जनाएको थियो । यसलाई कमजोरी भएको भन्दै मुख्यमन्त्री राईले स्विकार गरेका थिए ।

सदन संचालनमा सबै जिम्मेवारी सभामुखको हुने र सदन पनि उनी प्रति नै जवाफदेही हुने कानुनी व्यवस्था छ । तर, प्रदेश प्रमुखले सभामुखलाई सम्बोधन गर्नुको साटो ‘माननी सदस्य’ भन्दै नीति तथा कार्यक्रम पढेका थिए । उनले पहिलो सम्बोधनमा पनि मानीनय सभामखु ज्यू वा महोदय भन्ने सामान्य चलनको साटो ‘सभाका सभामुख’ मात्र भनेका थिए ।

शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्बाहाङलाई नेकपाको सरकारले गत कात्तिक १७ गते पदमुक्त गरी उनको स्थानमा प्यासीलाई नियुक्त गरेको थियो । सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुखलाई नियुक्त गरेको थियो ।

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved