प्रहरीको कुटपिटबाट हिरासतमै दलित युवाको हत्या भएको परिवारको आरोप

  • जेठ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । हिरासत भित्रै झुण्डिएको अवश्थामा फेला परेका धनुषा जिल्लास्थित सबैला नगरपालिकाका एक दलित युवालाई प्रहरीले कुटपिट गरी हत्या गरेको उनका परिवारले आरोप लगाएका छन् ।

गत जेठ २६ गते धनुषाको इलाका प्रहरी कार्यलय सबैलाको हिरासत भित्रको शौचालयमा झुण्डिएको अवश्थामा फेला परेका २४ वर्षीय शम्भु सदाको प्रहरीको कुटपिटबाट हत्या भएको भन्दै उनका आफन्त सहित स्थानीयले छानबिनको माग गरेका छन् । मृतक शम्भु सदा सवारी ज्यान मुद्दाका प्रतिवादी थिए ।

उनको हत्याको विरोधमा मंगलबार प्रर्दशनमा उत्रिएका मुसहर समुदाय माथि प्रहरी कार्यालयमै झडप भएको थियो । प्रर्दशनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । आक्रोसित स्थानीयले इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड गरेको छ ।

सबैलाई नगरपालिका वार्ड नं १२ बस्ने दिपा सदाको छोरा वर्ष २५को शंभु सदा(मुसहर) लाई सबैलास्थित इलाका प्रहरि प्रहरिले कुटेर हत्या गरि हिरासतमै झुन्ड्याएर मारिएको परिवारजनले आरोप लगाएका छन् । सदाको शवलाई पोष्टमार्टम गरी गुपचुप रुपमा दाहसंस्कार गरिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved