खर्चको हिसाब खोजेर कामलाई अवरोध गर्ने समय होइन्, प्रधानमन्त्री ओलि

  • जेठ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । देशको वर्तमान समस्या कोरोना संक्रमणको रोकथाम र नियन्त्रण उपचारनै भएकाले अहिले नै यस विषयमा खर्चको हिसाब किताब खोजेर कामलाई अवरोध खडा नगर्न प्रधानमन्त्री केपी शर्मा ओलिले आग्रह गरेका छन् ।

कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया अनुसार सार्वजनिक हुने बताउदै शंकाको दृष्टिले नहेर्न उनले आग्रह गरेका हुन् । बुधबारको प्रतिनिधी सभाको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै काम गरिरहेकाहरुलाई भावनामा ठेस पुग्ने शब्दावली प्रयोग नगर्न समेत उनले आग्रह गरे ।

उनले भने, ‘केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ, दिनैपिच्छे लेखापरीक्षण हुदैन, कामका बेला लेखापरीक्षण तर्फ केन्द्रित पनि भएका छैनाँै, यस्तो परिस्थितिमा अविश्वासबाट थाल्नुपर्ने पनि छैन । यस्तो परिस्थितिमा तिनीहरु भ्रष्टाचार गर्नै पर्खि बसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भन्ने पनि होइन ।’

प्रधानमन्त्रीले महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाईए सरकारे कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउदै अरुलाई लाञ्छना लगाउने र सधै अनियमितता भयो भन्ने प्रवृतिमा नबग्न आग्रह गरेका छन् । उनले कुनै हिसाबले भ्रष्टाचार हुन नदिने आफ्नो प्रतिवद्धतामा आश्वस्त हुने विश्वास आफूले लिएको बताउनुभयो ।

प्रधामन्त्री ओलीले कोभिड १९ सबैको साझा शत्रु भएकाले यसको नियन्त्रणका लागि भएका कार्यका बारेमा आएका आलोचनाहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताए । आफुले गरेको कामलाई शतप्रतिशत भएको कुरा गर्न नसके पनि जति भएका छन् ति सबै प्रभावकारी ढंगले भएको दाबी गरे ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved