बिद्युतीय प्रणालीबाट नबिलको नयाँ योजना सार्वजनिक

  • जेठ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्वस्थ्य एवम सुरक्षित कारोबार गर्नका लागि अब बैंकहरु पनि नयाँ योजना ल्याउने होडबाजीमा आएका छन् । प्रविधिमैत्री बैंकिङ कारोबारका प्रणालीहरुलाई विस्तार गरिरहेका छन् ।

यसै बिच नबिल बैंकले कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गरि बिद्युतीय प्रणालीबाट कारोबार गरिने नबिल जेन–एन एकाउन्ट संचालनमा ल्याएको छ ।

बैंकले ल्याएको उक्त योजनाका बारेमा विज्ञप्ति जारी गर्दै बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर बैंकिङ कारोबारका लागि नबिल जेन–एन एकाउन्ट संचालनमा ल्याएको जनाएको छ ।

ग्राहकहरु माँझ सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उदेश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता रहेको विज्ञप्ती मार्फत जनाएको छ । यसमा थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोवाईल बैंकिंङ, भाईबर बैंकिंङ, अनलाईन ट्रान्सक्सन, डेबिट कार्ड, क्रेडिट कार्ड, एनटिसी, एनसेलमा २ जिबी डाटा प्याकेज निशुल्क जारी गरिएको छ ।

समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेकोले तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राखी ग्राहकको लागि स्वास्थ्य बीमा पनि निःशुल्क गरेको छ । विज्ञप्तिमा भनिएको छ “यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पु¥याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्नेछ ।”

१८ बर्ष माथिका नेपाली नागरिकले खोल्न सक्ने उक्त खाताबाट बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १ सय १८ शाखा, १ सय ७५ एटिएम र १ हजार ५ सय ०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको बैंकले दाबी समेत रहेको छ ।

 

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved