अब होटल ओपन बजेटमा चलाउनु पर्छ

  • जेठ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनका कारण पर्यटन व्यवासाय धरासयी बन्दै गएको छ ।

पर्यटन व्यवसाय सँग जोडिएका सबै व्यवसायहरु जोखिममा रहेका छन् ।
यसै बिच सुनसरी उद्योग वाणिज्य संघले गरेको छलफलमा पर्यटन व्यवसाय धराशायी भयो भनेर अतालिनु भन्दा पनि लकडाउन पछि होटलहरु ग्राहक सँग भएको रकम अनुसार ओपन बजेटमा संचालन गर्नुपर्ने अन्तराष्ट्रिय पर्यटनविद राज बसुले सुझाव दिएका छन् ।

संघले जुम एप्लीकेशनको माध्यमबाट विभिन्न पर्यटन व्यवसायीहरु सहित पर्यटनविद बसुसँग छलफल चलाएको थियो ।

संघद्वारा शुक्रबार कोभिड – १९ ले पर्यटनमा पारेको प्रभाव र आगामी प्रयास” कार्यक्रममा वक्ताका रुपमा आमन्त्रित वसुले लकडाउन पश्चात होटलमा कोभिड १९ को सुरक्षित वातावरणमा नाफा मूलक भन्दा पनि ग्राहकसंग भएको रकम अनुसार ओपन बजेटमा चलाउनु पर्ने उनको सुझाव छ ।

उनले भने, अब नाफामूलक भन्दा पनि ग्राहकमैत्री मेनु र होटलमा कोभिड–१९ को परिप्रेक्ष्यमा सान्दर्भिक वातावरणमा गेष्ट आउ“दा वेलकम ड्रिङ्क्सको ठाउ“मा बेसार पानी, अदुवा पानी खुवाउने परिपाटी र कोठा, रिसेप्सन, शौचालय लगायतका ठाउ“मा सेनिटाइज गर्नुपर्ने तथा ग्राहकलाई विश्वासको वातावरण बनाउन जरुरी छ ।’

संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले स्वागत मन्तव्य गरि शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य विष्णु बरालले गरेका थिए ।

साक्षात्कार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नंं. १ का पर्यटन संयोजक भवेशकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुके, अन्तुडा“डा होमस्टेका रुद्र घिमिरे, वाग्लुङका पर्यटनकर्मी निलेश राजभण्डारी, धरानका पर्यटन व्यवसायी वासुदेव वराल, रञ्जना झा, कर्ण राई, झापाका मनिषा चौलागाईं, खोटाङका राज लयालु, वसन्तपुरका प्रकाश श्रेष्ठ लगायतले आफ्ना जिज्ञासाहरु राखेका थिए ।

संघका कार्यसमिति सदस्य एलिना मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रम करिब २ घण्टा चलेको थियो ।

लक डाउनको अवस्थामा प्रविधिको प्रयोग गरि आयोजना गरिएको कार्यक्रम पर्यटनकर्मीहरुका लागि निकै फलदायी रहेको संघका महासचिव राजेश अग्रवालले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved