ईनरुवाकी प्रतिभा अर्चनाले जितिन छोटो चलचित्रको अन्तराष्ट्रिय अवार्ड 

  • जेठ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरी स्थित ईनरुवाकी प्रतिभा अर्चना राठीद्वारा लिखित छोटो चलचित्र ‘स्पेसल डे’ ले अन्तराष्ट्रिय अवार्ड हात पारेको छ ।

दिल्लीमा मास कम्युनिकेसनमा मास्टर गरेकि राठीद्वारा लिखित छोटो चलचित्र ‘स्पेसल डे’ ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२० को अवार्ड हात पारेकी हुन् ।

उनले टैगोर इन्टरनेशनल फिल्म फेस्टिभल २०२० मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड हात पारेकी हुन् । चलचित्र कल्चर क्रिटिक अवार्ड २०२० को विनर बनिसकेको छ भने न्युयोर्क मुभि अवार्ड २०२०को फाइनालिस्ट, कोच फिल्म फेस्टिभल २०२० को सेमि फाइनालिस्ट, बेस्ट फिल्म अफ दि इयर इन सर्टेड फिल्म फेस्टिभलहरुमा सहभागी भइसकेको छ ।

आमा छोराको सम्बन्धमा आधारित रहेको यस चलचित्रमा कलर टिभी बाट प्रशारण हुने खतरो के खिलाडि सिजन ८ को बिजेता सान्तनु महेश्वरी र बलिवुडकी चरित्र अभिनेत्री शिबा चड्डाको मुख्य भुमिका रहेको छ भने यस छोटो चलचित्रको निर्माता प्रशान्त सिंह र निर्देशन अजय शिवानी ले गरेका हुन ।

चलचित्रकी लेखिका प्रतिभा इनरुवाका पुराना ब्यापारी प्रकाश राठिका छोरी हुन । सानै देखि लेख रचनामा रुचि राख्ने प्रतिभाले इपिएस स्कुल काठमाडौ बाट एसएलसि उतिर्ण गरेकी हुन भने भारतको सिलिगुडी बाट इन्टर अध्ययन गर्दै उनले कलकत्ता बाट ईङलिसमा ब्याचलर गरेकी हुन ।

मास कम्युनिकेसनमा मास्टर सकेर उनले ईन्डिया टुडे र द हिन्दु मा काम गर्दै उनी द हिन्दु को ब्रान्च अफिस मुम्बई पुगेकि थिईन् ।

मुम्बईमा रहदा लेखेको ‘स्पेसल डे’ को कथा साथिहरुले मन पराए पछि छोटो चलचित्र बनेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved