धनकुटामा कोरोना संक्रमित भेटिए पछि बजार क्षेत्र सिल

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि अस्पताल आसपास सहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतवार राति संम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद विमलीले बताए । संक्रमित स्वास्थ्यकर्मीको संभावित क्षेत्रका जनताहरुको स्वस्थ्य जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको बताए ।

बजार क्षेत्र सिल गरिएसँगै आवत जावत ठप्प पारिएको छ । अटेर गर्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिन सक्ने छन् । धनकुटा नगरपालिका–७ को भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रदेखि, धनकुटा बसपार्क, बसपार्कदेखि जिरो प्वाइन्ट, जिरो प्वाइन्टदेखि परिचय मोड, परिचय मोडदेखि यलम्वर चोक, यलम्वर चोकदेखि सिनेमा हल, सिनेमा हलदेखि याक्चना घाट जाने त्रिवेणी चोक सम्मको क्षेत्रलाई सिल गरिएको छ ।

सिल गरिएको क्षेत्रमा सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ संक्रमित पुष्टि भएको स्वास्थ्यकर्मीलाई साँझदेखि नै धनकुटा अस्पतालको आइसोलेन वार्डमा राखिएको छ । उनलाई अहिले ८ बजे कोरोना अस्पताल विराटनगर पाइने प्रमुख जिल्ला अधिकारी विमलीले बताए । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

बैठकले धनकुटा अस्पतालमा २१ दिन यता आएका सेवाग्राहीहरुको ट्रेसिङ गरेर कोरोना परीक्षणलाई तीव्रता दिने पनि निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सुचना अधिकारी जयराम श्रेष्ठले बताए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, प्रहरी र प्रशासनका कार्यरत कर्मचारीहरुको केही दिन अघि मात्रै स्वाब परिक्षण गरिएको थियो ।

धनकुटा अस्पताल आएका बिरामीबाटै नै संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ । संक्रमित स्वास्थ्यकर्मी लकडाउन भन्दा अगाडीदेखि जिल्ला बाहिर नगएको खुलेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved