विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट सर्बै भन्दा बढी प्रभावित भएको अमेरिकाको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शान्तिपाठ गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर ह्वाइट हाउनमा शान्तिपाठ गर्न लगाएका हुन् ।
अमेरिकाको न्यू जर्सीस्थित स्वामी नारयण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले ट्रम्पको आग्रहमा विश्व शान्तिको कामना गर्दै मन्त्र वाचन गरेका हुन् ।
मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए ।
ट्रम्पले उत्त क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए ।
ट्रम्पले भने, ‘हाम्रो देशले ठूलो कठिनाइ सहेको छ । तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ । हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।