सिराहामा राहात वितरणमा विवाद भए पछि झडप "४ प्रहरी सहित २ स्थानीय घाइते"

  • वैशाख २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

राहत वितरणमा विवाद भए पछि सिराहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरियामा सोमबार भएको प्रहरी सँगको झडपमा डिएसपी सहित ४ जना प्रहरी र २ जना स्थानीय घाइते भएका छन् ।
सोमबार दिउँसो राहत वितरणमा नाम टिपाएकाहरु नआए पछि आउनेहरुले विवाद गरे पछि झडप भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवारले दिएको जानकारी अनुसार १ सय ४१ जनाको राहत वितरणका लागि नामलिष्ट रहेकोमा १ सय ३२ जनाले लिए पछि बाँकी नआएको भन्दै नाम लिस्ट नभएकाहरूले विवाद गर्दा झडप भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । घाइतेहरू सबैको मिर्चैया स्थित अस्पतालमा उपचार भइरहेको छ । लकडाउनबाट समस्यामा परेका गरिब विपन्नहरूलाई नदिई अरूलाई राहत बाँडेको भन्दै विवाद भएको थियो ।
राहत नपाएका स्थानीयहरूले राहत माग्दै वडा कार्यालय परिसरमा धर्ना दिएपछि प्रहरीको सहयोगमा राहत वितरण सकेर जान लाग्दा वडाध्यक्ष सहित जनप्रतिनिधिको समूहमाथि स्थानीयहरूले ढुंगामुढा गरेपछि झडप भएको डिएसपी जैसवारले बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved