फेसबुक पेजमा परीक्षाफल प्रकाशित गर्दै विद्यालय

  • वैशाख २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सामुदायिक तथा निजी विद्यालयहरुले गत चैत्र ५ गते सम्पन्न गरेको शैक्षिक सत्र २०७६ को परीक्षाफल सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रकाशन गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिमा परीक्षाफल प्रकाशित गर्नुपर्ने विद्यालयहरुको कर्तव्य रहेकाले नतिजा प्रकाशन गर्नुपरेको वराहक्षेत्रस्थित हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले जानकारी दिए ।

चतरास्थित हिमालयन इङ्लिस स्कुलसँगै, वराह राइजिङ स्टार इङ्लिस स्कुल, आइरिस वराह एकेडेमीलगायतका विद्यालयले फेसबुकमार्फत परीक्षाफल प्रकाशित गरेका छन् ।
स्थानीय केही सामुदायिक विद्यालयहरुले समेत फेसबुक पेजमार्फत् परीक्षाफल प्रकाशित गरिरहेका छन् ।

कक्षा ८ को नतिजा नगर शिक्षा समितिबाट प्राप्त भएपछि प्रकाशन गरिने विद्यालयहरुको भनाइ छ । एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डको निर्णयबमोजिम सञ्चालन हुने भएकाले सबै विद्यार्थीलाई तयारी अवस्थामा बस्न पनि विद्यालय प्रशासनहरुले आग्रह गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले सबै शैक्षिक संस्था बन्द गरेपछि विद्यालय औपचारिक रुपमा कहिले सञ्चालन हुने भन्ने अनिश्चित छ । केही कलेजले आफ्ना विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट अध्यापन गर्न थालेका छन् ।

निर्धारित समयमै कोर्स सक्न कठिन हुने भन्दै विद्यार्थीलाई अध्ययनमा व्यस्त राख्न समेत अनलाइनबाट पढाउन र विभिन्न क्रियाकलापमा सहभागी गराउन थालिएको छ । तर विद्यालयस्तरमा भने इन्टरनेटको पहुँचलगायत कठिनाइ भएका कारण अनलाइन शिक्षा प्रभावकारी नहुने शैक्षिक व्यक्तित्वहरुको मत छ ।

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved