प्रचण्ड–नेपाल पक्षका नेता भन्छन् : ओलीको क्षेप्यास्त्र खेर जान्छ

  • वैशाख १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल तस्वीर

१८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कोरोनाको संकट समाधान भएपछि बादमेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाल तेस्रो अध्यक्ष हुने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गर्ने संकेत गरेका छन् ।

अध्यादेश प्रकरणसँगै पार्टीमा एक्लिएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबार साँझ बसेको नेकपा सचिवालय बैठकमा नयाँ कार्ड फालेका थिए । तर, यो कार्ड बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन वा पार्टीमा देखिएको विवाद समाधान गर्न नभई प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमबीच भएको मोर्चाबन्दी भाँड्न आएको नेताहरुले बताएका छन् ।

स्थायी कमिटी सदस्य रघुजी पन्त भन्छन्, ‘पार्टीमा नेताहरुबीच अहिले जुनखालको मोर्चाबन्दी भएको छ । त्यसलाई भाँड्न क्षेप्यास्त्र आाक्रमण हो । तर, यो खेर जालाजस्तो छ ।’

प्रधानमन्त्री ओली राजनीतिका असली खेलाडी भएको भन्दै पन्तले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री हुन सक्ने तीन नेता (प्रचण्ड, झलनाथ माधव नेपाल)लाई छाडेर प्रधानमन्त्री हुने बाटो नै छोडिएका नेताको नाम लिनु भनेको बनाउनका लागि होइन ।’

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने मनसायका साथ यो प्रस्ताव ल्याएको भन्दै नेताहरुले यसलाई गम्भीररुपमा नलिने पन्तले विश्वास व्यक्त गरे ।

यद्यपि बामदेव गौतमलाई साँच्चै प्रधानमन्त्री बनाउन खोज्दा आफूहरुको सहमति रहने उनले बताए । हिजो प्रतिनिधिसभा बर्दियाबाट आफू चुनाव हारेको नभई पार्टीबाटै हराइएको भनेर बामदेवले स्थायी कमिटीमा भनेको स्मरण गर्दै पन्तले उनीहरुले नै फेरि हराउँदैनन् भन्ने आधार नभएको बताए ।

साथै, कोरोनाको संकट सकिएर बामदेवका लागि उपचुनाव गराउने क्षेत्र खोज्दाखोज्दै प्रधानमन्त्री ओलीले डेढ/दुई वर्ष बिताइदिने उनको विश्लेषण छ ।

नेकपा स्थायी कमिटी सदस्य पन्तले अहिले पनि पार्टीको समस्या समाधानका उपायहरु खोज्ने मुख्य जिम्मेवारी प्रधानमन्त्री एवं अध्यक्ष ओलीकै भएको बताए । उनले भने, ‘यो पार्टीमा सबै नेताहरुको भूमिका छ, त्यसलाई पनि अपमान नगरौं । तर, पार्टी र सरकारबाट जनताको धारणा नबिग्रिओस् भनेर सहमतिको उपाय खोज्ने प्रमुख दायित्व पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओलीकै हो ।’

प्रचण्डनिकट नेताहरुले पनि प्रधानमन्त्री ओलीको यो प्रस्तावले समाधान नदिने बताएका छन् । यो प्रस्ताव किन आयो ? यसले कसरी निकास दिन्छ भनेर नेता–नेताबीचमा अनौपचारिक छलफल भइरहेको भन्दै एक स्थायी कमिटी सदस्यले भने, ‘यो प्रस्तावले छलफललाई रमाइलो त बनाउँला, तर हुने कुरा होइन ।’

अर्का स्थायी कमिटी सदस्यले भने प्रधानमन्त्रीको प्रस्ताव ‘गाँठ गवाना, बेवकूफ बन्ना’ अर्थात पैसा पनि सिध्याऊ, बेवकूफ पनि बन भने जस्तै भएको टिप्पणी गरे ।

गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गर्ने पार्टीको निर्णय मान्दिनँ भनेर बसेका प्रधानमन्त्रीले अहिले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको सुन्दा आश्चर्य लागेको उनले बताए ।

स्थायी कमिटीको बैठक माग गर्दै हस्ताक्षर गरेका मध्ये एक उनले भने, ‘यस्ता नहुने–नहुने प्रस्ताव आउँदा सरकार र पार्टीले जनतामा थप बदनामी कमाउनेबाहेक अरु केही हुँदैन ।’

- अनलाइन खबरबाट

 

 
 

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved