लाइसेन्सवाला राइफल १५ हजारमा ‘जाकटी’ !

  • वैशाख १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

लाइसेन्स प्राप्त राइफल जाकटी (बन्धकी) राखेको अभियोगमा सुनसरीको धरानबाट दुईजना पक्राउ परेका छन् । सिकार खेल्न प्रयोग हुने मेडइन क्यानडा लेखिएको स्कोप सहितको एक थान र अर्को एक राइफल त्यसमा लाग्ने २ राउन्ड गोलीसहित धरान बस्ने प्रक्षितजङ्ग क्षेत्री र मुलिक सिंह लिम्बू पक्राउ परेका हुन् । 

प्रहरीले बरामद गरेको राइफल दशमलव २२ लङ र १२ बोर हो । जून सिकार खेल्न प्रयोग गरिन्छ ।

प्रक्षितजङ्ग क्षेत्रीको कोठामा प्रहरीले तलासी लिँदा दशमलव २२ लङ राइफल र सोमा प्रयोग हुने म्यागजिन १ थान र २ राउन्ड गोली बरामद भएको थियो । अर्काे १२ बोरपनि सोही कोठामा बरामद भएको थियो ।

यी दुवै राइफल मुलुकसिंहको रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार बरामद दुवै राइफल लाइसेन्स प्राप्त भएको अपराध न्यूजलाई बताए ।

'मुलुकसिंहको राइफल क्षेत्रीको घरमा राखेको सूचनाको आधारमा दुवै जनालाई  नियन्त्रणमा लिइएको हो' उनले भने 'लाइसेन्स प्राप्त हतियार सम्बन्धी व्यक्तिले मात्र राख्ने नियम छ' । 

मुलुकसिंहले दुवै हतियार १५ हजार रुपैयाँमा बन्धकी राखेको प्रारम्भीक अनुसन्धानबाट देखिएको बताइएको छ । ४० वर्षीय मुलुकसिंह बेलायत सेनामा केही समय कार्यरत रहेर फर्किएका व्यक्ति हुन् । 

अपराध संहिताकाे परिच्छेद ६ काे दफा १३२ काे १ मा 'कसैले कानून बमाेजिम प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयाेग गर्न वा लिएर हिँड्न सकिने हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेकाे भए पनि इजाजत पत्रकाे शर्त वा बन्देज विपरीत हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयाेग गर्न वा लिएर हिँड्न हुँदैन' भनेर स्पष्टसँग लेखेकाे छ । 

साेही दफाकाे उपदफा २ मा उपदफा (१) बमाेजिमका कसूर गर्ने वा गराउने व्यक्तिलाइ पाँच वर्षसम्म् कैद र पचास हजार रूपैयाँसम्म जरिवाना हुनेछ । 

  • साभारः अपराधन्युजडटकम

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved