नेपाल प्रहरीको कोरोना अप्रेसन टिम : खोतल्दै छ ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’

  • वैशाख १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपाल प्रहरीले यतिबेला एउटा विशेष टोली बनाएर देशभर संक्रमित भएका घटनाहरुको विस्तृत अनुसन्धान गरिरहेको छ । प्रहरीका एक डीएसपीको नेतृत्वमा रहेको टोलीले वीरगञ्ज र उदयपुरमा संक्रमण पुष्टि भएकाको पुरानो यात्रा विवरण समेत भारतीय पक्षसँग मागेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीको केन्द्रीय हेल्थ कमाण्डका एक उच्च अधिकारीका अनुसार यो टिमले सम्बन्धित जिल्लाको प्रहरीसँग समन्वय गरेर संक्रमितहरुको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ खोतल्ने जिम्मेवारी दिइएको बताए ।

यो टिम आफै फिल्डमा खटिनुको साथै संक्रमितहरुसँग प्रत्यक्ष भेटेर संक्रमणको बिषयमा अनुसन्धान गर्नेछ ।

पहिलो चरणमा सप्तरी, वीरगंज र उदयपुरको घटना सम्बन्धित केशमा टिमले काम गरिरहेको बताइएको छ । मुख्यत यी तिन जिल्लामा भेटिएका संक्रमितसँग प्रहरीले वास्तविक ट्राभल हिस्ट्री निकाल्ने प्रयासमा छ ।

सप्तरीमा सम्पन्न भएको इज्तिमा सहभागीहरुबाट संक्रमण फैलन सक्ने मुख्य आधार बनाएर काम भइरहेको जनाइएको छ ।

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved